श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था ठाटिकाँध दैलेख ले करिब ३० जना कृष´क लाई बाख्रापालन को लागि खोर बनाउन करिब ७०,००० हजारका दरले नगद पैसा वितरण गरेको छ।
भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुसेवा शाखा दैलेखले भौगोलिक हिसाबमा पिछडिएका क्षेत्र मा कृषि तथा पशुपालन मा जोड दिनेगरी कार्यक्रम लागुगर्ने गरि कार्यक्रम तय गरेकोहुँदा ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्थाले कार्यक्रम पाउनुको साथै लगानी गरेको हो । साथै कृषि पशुपालन गर्ने कृषंक लाई ५०% बोयर जातको १० वटा बोका पालिका का विभिन्न ठाउँका कृषक हरुलाइ वितरण गरेको हो
उक्त सहकारी संस्थाका अध्यक्ष दिपक रावल का अनुसार ठाटिकाँध गाउँपालिका का विभिन्न क्षेत्रमा कृषिमा राम्रो संभावना भएकाले आफ्नो संस्था मार्फत बाख्रा खोर निर्माणगरि कृीषंक लाई थप उन्ती तर्फ अघिबढाउन विभिन्न निकाय संग सहयोग मागी थप कार्यक्रम संचालन गर्ने र लगानी बढाउने बताउनु भयो ।
एस्तै कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रक्ष्य वहादुर शाहा उपाध्यक्ष देविराम बडुवाल संस्था मा आबद्ध कर्मचारी सेयर सदस्य लगायत वडाका केहि वडा अध्यक्ष हरुको उपस्थित रहेको थियोे ।
गाउँपालिका का अध्यक्ष रक्ष्यबहादुर शाह ले उक्त संस्था मार्फत खोर निर्माण कार्यक्रम गरेको प्रति धन्यवाद दिनुको साथै् आगामी दिनमा पालिका मार्फत हुने सहयोग गर्ने र रोजगार रोजगार मुखीगराउने बताउनु भयो ।
हाल उक्त सहकारी संस्था मा २५0 भन्दा धेरै सदस्य रहेका छ्न भने करिब एक बर्षमा १० लाख बराबर पुजि रहेकोछ ।
स्मार्ट कर्णाली । १३ असार २०७९, सोमबार २३:११ बजे