सुर्खेत बहुमुखी क्याम्पस भवन निमार्णका लागी कर्णाली प्रदेश सरकारबाट ८० लाख रकम नियोजन

अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समितिका अध्यक्ष हिम्कत शाही र क्याम्पस प्रशासनको पहलमा शाहीको क्याम्पसको भवन निमार्णका लागी ८० लाख रकम विनियोजन गरिएको छ ।

भवन निमार्णका लागी बजेट बिनयोजन भइपछि सम्पुर्ण बिद्यायाथीहरुको तर्फबाट खुसि ब्यक्त गर्दै अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समितिका अध्यक्ष हिम्कत शाहीले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्ट लाई सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माण का लागि बजेट बिनियोजन गरिदिनु भएकोमा हार्दिक बधाइ सम्मेत दिनु भएको छ ।