कर्णाली प्रदेशको जुम्लामा फाईबर नेट सेवा सुचारु भएको छ । नेपालमा प्रबधिको बिकास संगै
कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लामा वायरलेस माध्यम बाट इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्डलिङ्क कम्युनिकेसन लिमिटेडले अब फाईवर बिस्तार गर्ने भएको छ ।
जुम्ला जिल्लामा अब बाट सबै कार्यालयमा हुनेकामहरु सहजै गर्न सकिने भएको छ । जुम्ला जिल्लामा फाईबर सेवा सुचारु भईसकेको छ गत एक हप्ता देखि सुचारु आयको परियोजना पर्यवेक्षक भास्कर पौडेलले बताउनु भयो । फाईबर सुचारु भयको लगतै ६० \७० वटा कार्यालयमा जडान भईसकेको छ ।
नेट टिभि सहितको लाईन जडान भैई सकेको कार्य संयोजक रमेश शाहीले जानकारी दिनु भयो । पौडेलका अनुसार फाईबर नेट पहिला जुम्ला बजारमा बिस्तार गरेको हो जुम्ला बिस्तार पछि कालिकोट मान्म बजार र राकम पनि बिस्तार हुने बताउनु भयो ।
स्मार्ट कर्णाली । १९ असार २०७९, आईतवार १०:०८ बजे