कालिकोट प्रदेशसभा (ख) मा लक्ष्मण बहादुर बमको चुनाव लड्ने घोषणा

सुर्खेत, कालिकोट पलाँता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) ले कालिकोट प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्ने घाषणा गरेका छन् ।

माओवादी केन्द्रमा लामो समय काम गरेर पहिलो स्थानीय तहको चुनावको बेला नेकपा (माओवादी केन्द्र ) बाट पलाँता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बम आफ्नो कार्यकाल पुरा गरी अहिले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न लागेको बताए ।

२०७९ को दोस्रो स्थानीय चुनावको बेला पार्टी भित्र विवाद हुदा बमले आफु स्वतन्त्र रहेको घोषणा गरेका थिए । आउने मंसिर ४ गतेको प्रदेशसभाको चुनावमा भने उनि कसको समर्थनमा चुनाव लड्न लागिरहेका छन् भन्ने उनले अहिले केहि पनि खुलाउन चाहेनन् ।

स्थानीय सरकार गठनको पहिलो कार्याकालमा बमले निर्माण कार्यदल बनाएर देशभरी नै चर्चा पाएका थिए आउने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा आफु चुनावमा जाने र कालिकोटको युवा पिडिले आफुलाई जिताउनेमा आफु विश्वस्त रहेको समेत उनले बताए । jhilkokhabar.com साभार