रास्कोट नगरपालीकाको दसौं नगरसभा सभा उदघाटन,शिक्षा र स्वास्थ्यलाइ पहिलो प्राथमिक्ता ।

रास्कोट नगरपालीकाले दसौं नगरसभा सभा उदघाटन,शिक्षा र स्वास्थ्यलाइ पहिलो प्राथमिक्ता ।

रास्कोट नगरको सभाकक्षमा आयोजित दसौ नगरसभा तथा बजेट अधिवेशनमा नगर प्रमुख धर्मराज शाही पोसणले नीति तथा कार्यक्रम र उप प्रमुख मनिराज बरालले बजेट प्रस्तुत गर्नु भएको हो । संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा नगरको आन्तरिक स्रोतबाट गरी उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख शाहिले जानकारी दिनुभयो । संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान मार्फत नगरपालीकाले ९ वटा वडामा बजेट विनियोजन गर्ने भएको छ ।

दसौं नगरसभाले निम्मन कार्यक्रमलाइ पहिलो प्राथमिक्ता दिएको छ ।
१. नगर बस सञ्चालन
२. नगर प्रहरीको गठन
३. मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन
४. उप-प्रमुख सशक्तीकरण कार्यक्रम सञ्चालन
५. सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण
६. जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, दन्द्ध पिडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि “मेयर छात्रवृत्ति कोष स्थापना”
७. रास्कोट बहुमूखी क्याम्पस सञ्चालन
८. रास्कोट नगरपालिकाको पहिचान सहित लोगो कायम गरिनेछ ।
९. वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकको लोगो सहितको झटपट झोला वितरण गरिनेछ
१०. रास्कोट कोशेली घर स्थापना
११. एक घर एक धारा कार्यक्रमद्धारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार
१२. पर्यटन प्रर्वधनका लागि होमस्टे स्थापना
१३. नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रमको निरन्तरता
१४. रास्कोट नगर अस्पतालबाट विषेशज्ञ सेवा प्रवाह गर्ने ।
१५. आर.सि.पि. बजारको विस्तृत सर्वक्षण गरी व्यवस्थापन गरिनेछ ।
१६. जल, जंगल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्वन गरिनेछ ।
१७. पूर्वाधार विकासकालागि भौतिक संरचनाहरुको स्तरोन्ती गरिनेछ ।
१८. बजेटको उद्देश्य हाँसिल गर्न प्राथमिकता कायम गरी संघ,कर्णाली प्रदेश निजि क्षेत्रसंग साझेदारीका आधारमा सहकार्य गरिनेछ ।
१९. कृषि आधुनिकिकरण, व्यवसायिकिकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याइनेछ ।