ठाटिकाँध स्वास्थ्यशाखाको वार्षिक समिक्षा तथा योजनातर्जुमा सम्पन्न

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिका स्वास्थ्यशाखाको वार्षिक समिक्षा तथा योजनातर्जुमा सम्पन्न भएको छ । स्वास्थ्यशाखा र स्वास्थ्यकालागि सक्षम प्रणालीको आयाोजनामा पालिका क्षेत्र भित्रका सातवटा स्वास्थ्य संस्था तथा गाउँपालिकाको कार्यक्षेत्रमा रहि स्वास्थ क्षेत्रमा कार्यरत सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सुहाआरा कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ को प्रगति समिक्षा तथा आगामी वर्षको कार्ययोजना सहितको योजनातर्जुमा सम्पन्न भएको छ ।

ठाटिकाँध गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहको प्रमूख आथित्यता र उपाध्यक्ष देविराम बडुवालको विशेष आथित्यातामा दुइ दिन सम्म सञ्चालित कार्यक्रममा पालिकाका ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत शाखा प्रमूखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृट कर्मचारी तथा स्वास्थ्य संस्थालाई सम्मान समेत गरीएको स्वास्थ्यशाखा संयोजक रबिन्द्र भण्डारीले बताए ।