पार्टी अध्यक्ष प्रचण्डको पहिलो पात्र समाबेसी सिदान्तको आधारमा प्रदेशसभाको प्रत्यक्षतर्फ रणसिंह परियार सिफारिस

काठमाडौं । हुम्ला र हुम्ली जनताको आवश्यकता र भरोसाका केन्द्रबिन्दु लोकप्रिय नेता रणसिंह परियार हुम्लाको प्रदेशसभा “क” प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । हुम्लामा माओवादी आन्दोलनका भूमिगत जिउँदो शहीद मानिने परियारलाई माओवादी केन्द्रले सिफारिस गरेको हो ।

उहाँले कुनै विश्वविद्यालयको डिग्री लिनु भएको छैन तर जनयुद्धका क्रममा वर्गीय मुक्ति प्राप्तिका खातिर खाई पाई आएको जागीर समेत छोडेर परिवर्तनको महासंग्राम मा होमिनु भएको हो । विगत २५ बर्ष देखि सक्रियता का साथ जनताका विचमा जनताका सिमा समस्याको पैरवी गर्नु र जनताको हितमा अहोरात्र तल्लिन हुनु उहाँ हरु को दैनिकी जस्तै छ । जन मनोविज्ञान र जनसमस्या समाधान शास्त्रमा विगत २५ पच्चीस वर्ष देखिको उहाँ हरुसंग मसिनो अनुभव छ सबैभन्दा उत्डित वर्ग र समुदायको प्रतिनिधित्व पात्र रुपमा उहाँलाइ कागजी कोरा आदर्श नभै ब्यबहारिक पक्षमा जोडबल गर्ने नेताको रुपमा उहाँलाइ बुझिन्छ ।

हुम्लाको अदानचुली गाउँपालिका घर भएका परियार जनता तथा कार्यकर्तामा निकै लोकप्रिय हुनुहुन्छ । संकटकालदेखि वर्तमान अवस्थासम्म जनताका साथीका रुपमा रहँदै आउनुभएका रणसिंह परियार कार्यकर्ताकै मागअनुसार प्रदेशसभाका उम्मेदवारको रुपमा नाम सिफारिस भएको हो ।

जातीय विभेदविरुद्ध सम्झौताहीन संघर्ष गर्दै आउनुभएका परियारलाई मोर्चाले पनि सिफारिस गरिसकेको छ । परियारले निस्वार्थ रुपमा थुप्रै लोकप्रिय काम गर्दै जनताको आशा र भरोसाका केन्द्रबिन्दु बन्नुभएको हो ।

परियारको शिक्षक संगठनदेखि माओवादी जनयुद्धसम्मको यात्रा

२०४५ सालमा कक्षा ७ मा अध्ययन गरिरहँदा नै नेकपा मालेको अनेरास्ववियु सूर्योदय मावि श्रीनगरमा सदस्य रहनुभएका परियार युवा अवस्थामा विभिन्न प्रगतिशील विचारधाराका अभियान र कार्यमा संलग्न रहनुभयो । उहाँ २०४६ सालमा अनेरास्ववियुको सूर्योदय माविको सचिव पदमा चयन हुनुभयो ।

२०४८ सालमा नेकपा एमालेको संगठित सदस्य र इलाका नम्बर ८ को उपसचिव पदमा क्रियाशील रहनुभएका परियारले २०५४ देखि २०५७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको इलाका ८ को सचिवका रुपमा काम गर्नुभयो । २०५८ सालदेखि नेकपा माओवादीको जनयुद्धलाई पूर्णरुपमा समर्थन गर्दै आउनुभएका परियार २०५८ सालदेखि गाउँ कमिटीको सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य रहनुभयो ।

२०५८ सालदेखि दलित मुक्तिमोर्चाको एरिया सचिव र २०५८ सालदेखि जिल्ला कमिटी सदस्यको रुपमा परियारले काम गर्नुभयो । २०४९ सालमा नेपाल दलित मुक्तिमोर्चा जिल्ला कमिटीको सचिवालय सदस्य २०६१ सालमा नेपाल दलित मुक्तिमोर्चाको जिल्ला अध्यक्ष र पार्टी विशेष कमिटी सदस्यको रुपमा आफूलाई जनताको सेवामा संलग्न गराउनुभयो । २०६३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज समेत रहेर परियार दलित आन्दोलनका नेताका रुपमा समेत चिनिनु हुन्छ ।

२०६५ सालमा नेकपा माओबादी भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्तिमोर्चा थारूवान प्रदेश संयोजक, पार्टी केन्द्रीय भेला आयोजक सदस्यको जिम्मेवारी समेत परियारले सम्हालिसक्नुभएको छ । परियार मोर्चामा विभिन्न पदमा संलग्न रहँदै दलितका मुद्दालाई उठाउँदै २०७३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय कार्यालय सदस्य र कर्णाली प्रदेश सहसयोजक हुनुभएको छ ।

पार्टी एकता भएपछि २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि नेकपाको कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहनुभयो । २०७८ पुसमा भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि रहनुभएका परियार २०७९ साउनमा बसेको केन्द्रीय कमिटीको बैठकबाट वैकल्पिक केन्द्रीय सदस्यका रुपमा रहनुभएको छ ।

नेपाल दलित मुक्तिमोर्चा कर्णाली प्रदेशको सहइन्चार्ज समेत रहनुभएका परियारले एमालेमा रहेर गाविस, जिविस हुँदै केन्द्रीय तहमा पुग्दा समेत राज्यको संरचनाले जनअपेक्षित काम गर्न नसकेको अनुभव भएपछि भूमिगत माओवादीको राजनीतिमा संलग्न भएको उहाँको दावी छ । हुम्लाको प्रदेशसभा “क”बाट सिफारिस भएपछि त्यहाँका जनताले उहाँको निरन्तर संघर्ष र समर्पणको कदर भएको ठानेका छन् ।