कुमार रेग्मिले सार्बजनिक गरे मर्मस्पर्शि आधुनिक गित मैले माया गर्दा

 एक अब्बल राष्ट्रसेबकको रुपमा कार्यरत नारायण नगरपालिका ६ दैलेखका कुमार रेग्मि ले एकदमै मार्मिक आधुनिक गित मैले माया गर्दा बजारमा ल्याउनु भएको छ । पेसाले सरकारि कर्मचारि भए तापनि गित संगित क्षेत्रमा अत्यन्तै रुचि भएका र एकान्त स्वभाब तथा संगितमा एकदमै डुबिरहने रेग्मिको यो पहिलो आधुनिक गित हो ।

स्कुले जिबन देखिनै कथा कबिता गित लेख्ने र रेडियो नेपालमा पठाउने गरेको एउटा सानो भेटमा उहाले बताउनु भयो । मैले माया गर्दा शिर्षकमा रहेको उक्त कर्णप्रिय आधुनिक गितका सर्जक तथा रचनाकार कुमार रेग्मि हुनुहन्छ भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिनुभएको छ । पुर्ण संयोगले भर्नु भएको संगितमा एउटा प्रेमिकाले प्रेमिलाइ साचो माया भन्दा पनि धन पैसामा जोड दियपछिको पिडाको अनुभुतिको मार्मिक ढंगले समेटिएको छ । मैले माया गर्दा बोलको गित सबैको मन मुटुमा बस्न सफल हुनेछ भन्नेमा उहां बिश्वस्थ हुनुहुन्छ । उक्त गितको म्युजिक भिडियो लोक गितको क्षेत्रमा चर्चित भिडियोको निर्देशक कपिल लामाले गर्नु भएको छ । मोडेल स्वेता देबेन्द्र कमल कुमार को अभिनय रहेको उक्त म्युजिक भिडियोको छायाङकन दुर्गा प्रधानको रहेको छ ।

काठकान्डौका बिभिन्न रमणिय स्थानमा सुटिङ भएको उक्त म्युजिक भिडियो कर्णालि प्रदेश मै अहिले सम्मकै उत्कृष्ट रहको निर्देशक कपिल लामाले बताउनु भयो कमल रेग्मि र कुमार रेग्मिको पहिलो प्रस्तुति भाग्य एल्बम बजारमा केहि समय अगाडिनै आइसकेको भाग्य एल्बमका नायक कमल रेग्मिले बताउनु भयो । उक्त भाग्य एल्बमको गितको सम्पुर्ण सुटिङ सुर्खेतका रमणिय स्थलहरुमा गरिएको छ । बेलिमाया पुलामि र दुर्गा सेन्चुरिको स्वरमा रहेको उक्त गितको लय कमल रेग्मि र कुमार रेग्मिको रहेको छ ।