सुर्खेत। सुर्खेतको सिद्धपाईला इग्लिस मेडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर–१० ले कक्षा–१२ को कानून विषयमा कर्णाली प्रदेशको नै उत्कृष्ट नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित शैक्षिक सत्र २०७८ को कक्षा–१२ कानून विषयको परीक्षामा कर्णाली प्रदेशकै प्रथम, द्धितिय र तृतीय नतिजा प्राप्त गर्न सफल भएको छ ।
विद्यालयका एलिसा सिंह ठकुरी र भोला रिजाल ३.५२ जिपिए ल्याएर कर्णाली प्रदेशबाट प्रथम हुन सफल भएका छन् । कर्णाली प्रदेशबाट कक्षा–१२ को कानून विषय अध्ययन गराउने अन्य विद्यालय र सबै विद्यार्थीहरुलाई उछिन्दै प्रदेशकै पहिलो, दोस्रो र तेस्रो स्थान सिद्धपाईलामा अध्ययनरत छात्र–छात्राले प्राप्त गरेका छन् ।
त्यसैगरी झलक शाही, रेणु चौधरीले ३.४७ जिपिए प्राप्त गरेर कर्णाली प्रदेश द्धितिय र होमराज चलाउनेले ३.४६ जिपिए प्राप्त गरेर कर्णाली प्रदेश तृतीय हुन सफल भएको विद्यालयले जनाएको छ ।
स्मार्ट कर्णाली । २१ भाद्र २०७९, मंगलवार ११:४९ बजे