उज्यालो हराभरा स्वच्छ र सुबिधा सम्पन्न पालिका बनाउदै अध्यक्ष खत्री ।।

दानबहादुर खत्री (केसी) कालिमाटी गाउँपालिका सल्यानको अध्यक्ष पदमा कार्यरत रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२९ साल बैसाख २९ गते बुवा कहरसिंह खत्री र आमा ज्यूनि खत्रीको कोखबाट साबिकको कालिमाटि रामपुर गाविस २, हालको कालिमाटि गाउँपालिका ३ ढोरेली सल्यानमा अध्यक्ष खत्रिको जन्म भएको हो ।

२०५६ सालमा बेलमति वलीसँग बैवाहिक सम्बन्धमा गाँसिनु भएका खत्रिका १ छोरी र १ छोरा छन् । २०३४ सालमा औपचारिक शिक्षा हाँसिल गर्न शारद जनकल्याण निमाबि रामपुर किमिरे बिद्यालयमा भर्ना भएका अध्यक्ष खत्रिले कक्षा १२ सम्मको शिक्षा हाँसिल गर्नु भएको छ ।  २०५१ सालमा सामाजिक विकास संस्था दर्ता गरि साविकको कालिमाटी रामपुर गाविसमा ३ वटा खानेपानीका योजनाहरु सम्पन्न, विभिन्न युवाहरुलाई जागरुक बनाउने खालका र सामाजिक विभेद विरुद्ध जनचेतनामुलक कार्यक्रमहरुको सञ्चालन, दिगो विकासका लागि जनसहभागिता नेपाल (पास नेपाल) दर्ता गरि समाज सेवा, गरिवी निवारण सम्बन्धि कार्यक्रमहरु, द्वन्द्व पीडितका हितका लागि विभिन्न कामहरु, शान्ति स्थापना सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन, २०६४ सालमा कछुवा सामुदायिक वनको अध्यक्ष, २०६५÷०६६ मा सारदा जनकल्याण माविको क्याम्पस स्थापनार्थ तदर्थ समितिको अध्यक्ष रहेर शैक्षिक सुधारमा भुमिका, क्षेत्री समाज नेपालको अध्यक्ष भई ओझेलमा परेका क्षेत्रीहरुका हकअधिकारहरुका लागि विशेष पहल, सुस्ता बचाउ अभियानमा लागिरहँदा एक दिन प्रहरीको हिरासत बसाई, २०६९ मा नेराप्रावि ढोरेनीको अध्यक्ष भई विद्यालयलाई
निमावि सञ्चालन गरि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु, विश्व मानव रोहानी केन्द्र नेपाल शाखाको केन्द्रीय सदस्य, विश्वका मान्छेको आत्मा केन्द्र भनेर मान्ने गरेको धार्मिक संस्थाका रुपमा रहि मानवताको हितका लागि क्रियाशिल, २०७२ मा पर्यटन पूर्वाधार विकास केन्द्र दर्ता गरी ताल विकास बोर्ड, पर्यटन विकास मन्त्रालय, साविकको गाविसहरुबाट पर्यटन सम्बन्धि कार्यक्रम सञ्चालन, शान्ति प्रक्रियाका नाममा रोल्पा, प्यूठान, दाङ र रुकुमको खारा क्षेत्रमा युद्धकालमा शान्तिको लागि विशेष पहल, २०६६ सालदेखि २०७३ साल सम्म गाविसको पार्टी प्रतिनिधि, २०७३ फागुनमा सारदा जनकल्याण माविको व्यवस्थापन समितिको अध्यक्ष, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य भई अनुभव सम्हाल्नु भएका अध्यक्ष खत्रि पालिकाको विकासमा जीवनको अनुभवलाई मिसाउँदै पालिकालाई नमूना बनाउने अभियानमा हुनुहुन्छ ।

कृषि क्षेत्रमा एक गाउँ, एक उत्पादन कार्यक्रम सुरु, एक घर, एक रोजगार कार्यक्रम सुरु, पशुपन्छिमा अनुदानको व्यवस्था, वर्षमा एकपटक विशेषज्ञबाट निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन, गाउँपालिकाका ६ वटा स्थानमा गाउँघर क्लिनिक सञ्चालन, विभिन्न विद्यालयहरुका भौतिक संरचनाहरु निर्माण, एक स्थानमा लिफ्ट प्रविधिबाट खानेपानी सञ्चालन, दुई ठाउँमा सिंचाई योजना सञ्चालनमा, एक वडा, एक खेलमैदान निर्माण, गाउँपालिका स्तरको खेलमैदान निर्माण, पर्यटनको क्षेत्रमा पूर्वाधारका कामहरु निर्माण, जडीबुटी खेती प्रवद्र्धन, फलफुल बगैंचा कार्यक्रम, माछा पालन कार्यक्रमलाई प्राथमिकता, विभिन्न एजजिओहरुलाई प्रयोग गरि विभिन्न सिपमूलक तालिम र जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका अध्यक्ष खत्रि आगामी बाँकी कार्यकालमा के कस्ता योजनाहरु सञ्चालन गर्ने भनि योजनाहरु तय गरि कार्यान्वयनको प्रक्रियामा रहनु भएको छ ।  गाउँपालिकाका सबै वडामा विजुली र मोटरबाटो पु¥याउने र उज्यालो गाउँपालिका घोषणा गर्ने, घरघरमाधारा अभियान शुरु गरी कार्यान्वयन गर्ने, सन् २०२१ मा पूर्ण सरसफाईयुक्त स्वच्छ गाउँपालिका घोषणा गर्ने, पर्यटन प्रवद्र्धनका लागि विशेष गुरुयोजना बनाई आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने विशेष कार्यक्रम, पार्वतीको बाँया करङ पतन भएको ठाउँ दक्षिण सल्यानको वडा नं. १ देउराली कोटी मन्दिरलाई विशेष कार्यक्रम ल्याउने, आउँदो कार्यकाल भित्र कालिमाटी गाउँपालिकामा क्याम्पस स्थापना गर्ने लगायतका आगामी योजनाहरुको कार्यान्वयन गरिरहनु भएको छ ।

आफ्नो जिम्मेवारीको तर्फबाट राजनैतिक पार्टीमा आवद्ध भएदेखि बोलेका कुरा र देखाएका सपना जनताका लागि पुरा गर्ने प्रतिवद्धता गर्दै विश्वास टुट्न नदिन विभिन्न विकासका काम र जनताका हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता गर्दै, शैक्षिक सुधारका नीम्ति पुरस्कार र दण्डको व्यवस्था गर्दै, शिक्षाको गुणस्तरलाई सुधार गर्न कालिमाटी गाउँपालिका भित्रका विद्यालयहरुबाट एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई ५०,००नगद पुरस्कार दिने व्यवस्था कार्यान्वयन गराउने लगायतका योजनाहरुलाई कार्यान्वयन गर्नेमा दृढ संकल्पित अध्यक्ष खत्रिका लागि २०६३÷०६३ को जनआन्दोलनका कारण दुःख पाई भारतको नवानगरमा पुग्दा नयाँ जीवन पाएको महशुस गरेको क्षण जीवनको अबिष्मरणिय क्षण बनेको छ । सामाजिक विकासमा जीवन समर्पण गरेका अध्यक्ष खत्रि नयाँ विषयमा जानकारी लिन, दिन र समाचार सुन्न रुचाउनु हुन्छ ।

२०४६ सालमा तत्कालिन मालेमा आस्थावान,
२०४७ सालमा अनेरास्ववियूको सदस्य,
२०५१ सालमा अनेरास्ववियुको जिल्ला कमिटि सदस्य,
२०५१ सालमा तत्कालिन नेकपाएमालेको पार्टी सदस्य,
२०५३÷०५४ सालमा युवा संघको जिल्ला कमिटि सदस्य,
२०५४ सालको स्थानीय निर्वाचनमा साविकको वडा नं. २ मा वडा अध्यक्षमा निर्वाचित,
२०५५ सालमा जिल्ला विकास समितिको निर्वाचनमा सल्यान जिल्लाको १ नं. ईलाका बाट विजयी,
२०५५ देखि ०५९ सम्मजिविस सदस्य,
२०५६ देखि ०५९ सम्म विस्थापित भई राजनीतिक कामले जिल्लामा बसाई,
२०५८ सालमा नेकपा एमालेको जिल्ला कमिटि सदस्य,
२०५८ सालमा माओवादी घेराबाटै अपहरण,
२०५९ सालमा फेरी अपहरणमा परी ६ महिना यरीया बन्दीमा बसाई,
२०५८ देखि ०६८ सम्म जिल्ला कमिटि सदस्य,
२०६८ सालको एमाले जिल्ला अधिवेशनको चुनावमा पराजित,
२०६९ सालमा जिल्लाबाट मनोनित,
२०७० सालको निर्वाचन पछि निरन्तर जिल्ला कमिटिमा,
२०७३ साल वैशाख १८ गते कालिमाटी गाउँपालिकाको अध्यक्षको टिकट प्राप्त,
२०७३ साल फागुनको जिल्ला अधिवेशनमा नेकपा एमालेको जिल्ला कमिटि उपसचिवमा निर्वाचित,
२०७४ सालको स्थानीयतहको निर्वाचनमा कालिमाटी गाउँपालिकाको अध्यक्षमा विजयी ।