नगर प्रमुख शाही द्धारा सामाजिक सुरक्षा भत्ता घरघरमा बितरण

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेका ७० बर्ष भन्दा माथिका बृदबृदाहरुलाई चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने कार्यक्रम अन्र्तगत आज नगर प्रमुख शाही द्धारा वडा नं.६ र ७ मा रहेका बृदबृदाहरुको घरमा गयर बितरण गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता बितरण गर्दे नगर प्रमुख शाहीले बृदबृदाहरुले बैंकमा गयर लाइनमा बस्न नसक्ने र आवतजावतमा पनि सम्स्या भए पछि सुबिदाका लागी यो सेवा स्थानिय सरकारले सुरुवात गरेको बताउनु भयो । आज वडा नं.७ मा १४ जना र ६ नं.वडामा ७ जनागरि जम्मा २० जना बृदबृदा लाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।

साजिक सुरक्षा भत्ता बुझदै १०४ बर्षिय बृदा साउनि महताराले भनिन हामि आँखा पनि देख्दैनौ हिन्न पनि नसक्ने भएको बेला अर्काको साहारामा भत्ता लिन बैंक जानु प्रथ्यो तर अहिले नगर प्रमुख शाही आयर घरमानै भत्ता दिएकोमा धन्यबाद दिदै खुसिका आँसु बगाइन ।

सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जवानसिंह बम ग्लोबल आइएमि बैंकका कर्मचारी बिनोद बराल लगायतको टोलिको सहभागितामा रकम हस्तान्त्रण गरिएको हो ।