बाढी प्रभावित क्षेत्रमा तत्कालन राहत र बेपत्ता नागरिकको खोजी गर्न – पूर्व मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पोलिट व्युरो सदस्य महेन्द्र बहादुर शााहीले बाढी प्रभावित क्षेत्रमा तत्कालन राहत र बेपत्ता नागरिकको खोजी कार्य गर्न कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरेका छन् ।

केहि दिन यता लगातार भएको भिषण बर्षाका कारण कर्णाली प्रदेशको कालिकोट लगायत विभिन्न ठाउँमा जनधनको ठुलो क्षतिले आफुलाई दुखित बनाएको भन्दै सोमवार एक शोक विज्ञप्ति जारी गरेका छन् ।

शोक विज्ञप्तिमा नेता शाहीले अगाडी लेखेका छन् ‘निरन्तर बर्षाका कारण कालिकोट जिल्ला तिलागुफा ४ राचुलीमा आइतबार दिउँसो मलामी गएका १५ जनामध्ये १३ जना पहिरोमा पुरिएर अझै बेपत्ता छन् कालीकोटकै तिलागुफा ४ राचुलीमा १३, वडा नं ७ बालीगाउँमा ५, वडा नं ६ भैसैगोडामा एक र सान्नीत्रिवेणी ८ मुम्रामा १ गरी २२ जना बेपत्ताहरुको खोजि कार्य अगाडी बढाउन म कर्णाली प्रदेश सरकार र संघ सरकारलाई आग्रह गर्दछु ।’

बाडि पहिरोमा परी वेपत्ता भएका नागरिकहरुको खोजि कार्य तत्कालन अगाडी बढाउन कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै उनले जनधनको क्षति भएको ठाउँमा तत्काल उचित राहतको व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

उनले यो दुःखत घडिमा कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका आफ्ना पार्टी कार्यकर्ताहरुलाई उद्धारमा खटिनको लागि निर्देशन समेत दिएका छन् ।

शोक विज्ञप्तिमा नेता शाहीले लेखेका छन् ‘बाडि पहिरोमा परी ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्द छु ।’

पछिल्लो समयमा मौसम अझै प्रतिकुल भएका कारण कर्णालीबासी आम नागरिकहरुलाई उच्च सतर्कता अपनाउन समेत नेता शाहीले आग्रह गरेका छन् ।

नेता शाहीले जारी गरेको शोक विज्ञप्ति