डिजिटल प्रविधिमैत्री सेवा सुरु गर्दै ठाटिकाँध गाउँपालिका दैलेख ।

सुर्खेत : ठाटिकाँध गाउँपालिकाको कार्यलय दैलेखले डिजिटल प्रविधिमैत्री जडान गरि आम नागरिकलाई छिटोछरितो र गुणस्तरीय सेवामा उन्मुख हुँदैछ ।
गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९ /०८० को नीति तथा कार्यक्रममै गाउँपालिकाको कार्यलय प्रविधिमैत्री बनाउने निति तथा कार्यक्रम अगाडि सारेको थियो।
कार्यक्रममा गाउँपालिका र गाउँपालिका मातहतका कार्यालयमा ई–हाजिरी, योजना सफ्टवेयर, सिफारिस, परिचयपत्र र विद्युतीय दर्ता चलानी सफ्टवेयर लागु गरिने उल्लेख छ ।

सोहि नीति अनुसार गाउँपालिकामा विद्युतिय ई–हाजिरी प्रणाली जडान गरि कार्यान्वयनमा ल्याईएकोर । आम नागरिकले पालिका का विभिन्न शाखा देखी लिनेे सेवामूलक काम प्रति ‘कर्मचारीको नियमितता रहने र गुणस्तरीय रहने उदेश्यले गाउँपालिकाको कार्यालयमा ई–हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रसासकीय अधिकृत नेम बहादुर खत्रीले बताए ।
यस्तै : गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै जनतालाई छिटोछरितो र गुणस्तरिय सेवामा आबद्ध गराउने र कर्मचारीको नियमितता रहनकोलागी ई हाजिरी जडान गर्नमा जोड दिईएको बताए ।
साथै अध्यक्ष शाहले गाउँपालिकाले कर्मचारी र जनप्रतिनीधिहरुको क्षमता विकासको लागि आईसिटी, ईगभरनेन्स सम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिएको बताए । गाउँपालिकाको नियमित सूचना प्रवाहका लागि डिजिटल वोर्ड राख्नुका साथै विद्युतीय अपराधहरुलाई न्यूनीकरणका लागि पहल गर्ने नीति गाउँपालिकाले लिएको र सम्पुर्ण वडा कार्यलय ,स्वास्थ्य कार्यलय तथा पालिका भित्रका विभिन्न बिधालयमा पनि केही समयमै ई – हाजिरि जडान गरिने- कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले जान्कारी दिनुभयो ।