रास्कोट नगर प्रहरी जवानलाइ आधारभूत तालिम दोस्रो समूहको दिक्षान्त

आफ्नो भूमिका उत्कृष्ट बनाउन नगर प्रहरीलाई नगर प्रमुख शाहीको निर्देशन

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नगर प्रहरी जवान आधारभूत तालिम दोस्रो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीको प्रमुख आथित्यता नगर उप प्रमुख मनिराज बरालको बिसेआतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

नगर प्रमुख शाहीले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिनुभयो । उहाँले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पार्नुभयो ।

‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई दिएको बताउदै नगर प्रमुख शाहीले हामि बनाउँछौ हाम्रो नगर भन्ने मुल नाराका साथ प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।’ नगर उप-प्रमुख मनिराज बरालले संबिधान र स्थानीय सरकार संचालन ऐन अनुसार नै रास्कोट नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको जानकारी दिनुभयो ।

उहाँले पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो । यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले नगर पालिकाले आवासिय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

समारोहमा रास्कोट नगरपालिकाका प्रशासकिय अधिकृत जवान सिंह बमले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरि दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । तालिमका संयोजक प्रहरी निरीक्षक याम बहादुर मल्लले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ४ महिला र ११ पुरुषगरी १५ जना प्रहरी जवानलाई आवासिय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको  जानकारी दिनुभयो ।

दिक्षान्त समारोहमा नगरपालिका प्रमुख धर्मराज शाही,उप प्रमुख मनिराज बराल,तालिम केन्द्रका समादेसक प्रहरी बरिष्ठ उपरिक्षक सुसिल सिंह राठोर,प्रमख प्रसासकिय अधिकृत जवान सिंह बम तालिम केन्द्रमा कार्यरत प्रहरी निरिक्षक,कार्यत अन्य प्रशिक्षकह र विभिन्न मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो ।   दिक्षान्त समारोह कार्यक्रम समापान गदै नगर प्रमुख शाहीले प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर लाइ सम्मान प्रत्र हस्तान्त्रण गर्नु भएको हो ।