सुर्खेत :दैलेखको ठाटीकाँध गाउँपालिकाले कर्मचारी हटाइएपछि नेकपा एमाले ठाँटीकाँधले आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाको निर्णयप्रति आपति जनाएको हो।
गाउँपालिकाले यहीँ साउन ४ गते र १८ गतेको बैठकबाट कर्मचारी हटाइएको सम्बन्धमा र विभिन्न समय पालिकाले गरेका निर्णयमा आपत्ति जनाएको छ।
विगत लामो समयदेखि न्यून तलबमा स्वास्थ्य, शिक्षा, लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न अत्यावश्यकीय क्षेत्रमा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोबल उच्च राख्न प्रोत्साहन गर्नुको साटो राजनैतिक पूर्वाग्रह राखी हटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
गाउँपालिकाले विभिन्न समयमा अनेकन वितण्डा अपनाई स्वेच्छाचारी तथा मनोमानी ढंगले जागिरबाट बर्खास्त गर्ने सम्मका अराजक काम कार्यको भत्र्सना विज्ञप्तीमार्फत गरेको छ।
उक्त विज्ञप्तीमा लेखिएको छ, ‘नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सन्चालन ऐन २०७४ वमोजिम नागरिकको सुरक्षा तथा रोजीरोटी तथा रोजगारी सिर्जना गरी विपन्न र निमुखाको पहरेदारको भुमिकाको जिम्मेवारीमा रहेको स्थानीय सरकार वर्षेनी कर्मचारीको रोजिरोटी खोस्न तम्सिएको छ। कार्यभार संहाल्दै गर्दा शिक्षालाई गुणस्तरीय बनाउने र स्वास्थ्य सेवालाई प्रभावकारी र छिटो छरितो गर्ने उद्घोस गरेर विभिन्न स्थानमा नाटक मन्चन गरिरहेको सरकार वेला बेलामा यीनै क्षेत्रलाई राजनैतिक पूर्वाग्रहको निशाना बनाईरहेको छ।’
विज्ञप्तीमा भनिएको छ, ‘असार १० गते यता ठाटीकाँध गाउँ सभा तथा गाउँकार्यपालिकाले गरेको निर्णय तत्काल सच्याएर पहिलेकै अवस्थामा
फर्काउन गाउँपालिकाको ध्यान केन्द्रीत गर्दछौं । अन्यथा नागरिकको सुरक्षाका लागि निकट समयमा थप कदम चाल्न बाध्य हुने र आउने परिस्थितीको जिम्मेवार गाउँपालिका रहने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँछौँ।’
विज्ञप्ती जारी गर्दै नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीका सचिव कृपाराम थाापाले अहिले ठाटीकाँध पालिका सरकार असफल भइसकेको र त्यो प्रत्यक्ष देखिएको बताए।
उनले भने, ‘शिक्षा स्वास्थ्य जस्तो गम्भिर कुरामा खेलाचि र केटाकेटीपना देखाएको र शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा पनि राजनीति गरिएको छ। स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आइसकेपछि ठाँटीकाँधमा विकास भन्दा पनि बिनास भएको छ। पालिकामा शुसाशनको ‘स’ छैन्। आफन्तवाद, नातावाद कृपावाद हाबी भएको छ। यस्ता कदम ठाँटीकाँध सरकारले तत्काल नसच्याएमा थप कदम चालेर अगाडी बढ्नेछौँ आउने परिस्थितीको जिम्मेवार गाउँपालिका रहने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँछौँ।’
स्मार्ट कर्णाली । १९ श्रावण २०८०, शुक्रबार १८:११ बजे