चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्र शुक्रबार युट्युबमा रिलिज गरिएको हो।

चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सन्तोष सेनका ७ वर्षीय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ । यसअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले ‘मेरी मामु’मा विशेष कथा उठाएको छ।