क्यान कालिकोटको अध्यक्षमा हिक्मत शाही

सूचना संचार र प्रविधिको क्ष्ँेत्रमा काम गर्दै आएको संस्था कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान महासंघ) को कालिकोट जिल्लामा शाखा विस्तार गरिएको छ । जिल्लामा रहेका व्यवसायी, विभिन्न व्यक्ति तथा स्थानीय निकायका आईटी अफिसरहरुको भेला गरि हिक्मत शाहीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा अर्चना बोगटी, सचिवमा शोभराज बराल, सहसचिवमा पूर्णबहादुर बम, कोषाध्यक्षमा युवराज थापा, सदस्यहरुमा डम्बरबहादुर खड्का, विक्रम सुनार, दिपेन्द्रबहादुर विष्ट र प्रकाश कुमार कठायत चयन भएका छन् । सर्वसम्मत कार्यसमिति छनौट पश्चात क्यान महासंघ प्रदेश अध्यक्ष अधिकारीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कर्णाली प्रदेश अध्यक्ष अधिकारीले कालिकोट जिल्लाका नागरिकलाई सूचना संचार र प्रविधिको पहुचमा पु¥याउन क्यान महासंघको ठूलो भुमिका हुने बताउनुभएको छ । स्थानीय सरकार, जिल्लाका विभिन्न निकायहरु र उद्योग वाणिज्य संघ संग सहकार्य गरि सूचना प्रविधिको पहुच पु¥याउन नवनिर्वाचित टिम लाग्न सुझाव दिनुभएको थियो ।

यसैगरि कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित समितिका अध्यक्ष हिक्मत शाहीले आफुलाई विश्वास गरि जिम्मेवारी दिएकोमा सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । आफुलाई दिएको जिम्मेवारी पुरा गर्न हरसम्भव प्रयास गर्ने, कालिकोटका ९ वटै स्थानीय सरकार, कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य संघ लगायत सबै निकाय तथा क्षेत्रसंग समन्वय गरि जिल्लालाई सूचना प्रविधिमा सम्बृद्ध बनाउन लागिपर्ने बताउनु भयो । quickkhabar.com