पलाँता गाउँपालिकाको राडुनेटामा बिजयाँदशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न बिपन्न बर्गलाइ बिभिन्न समाग्री बितरण

२०७६ असोज ७
नम राज न्यौपाने,पलाता गाउँपालिका कालिकोट

कालिकोटको पलाता गाउपालिका मा भने कम्युनिस्ट सरकारको प्रसंसा झन झन बढदै गएको छ। नेपाल कम्युनिस्ट पार्टी कालिकोटका युवा नेता तथा पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा जनताको दुख पिर मर्कामा साथ दीदा स्थानीयहरु खुसि भएका छन। मंगलबार पलाँता गाउँपालिकाको राडुनेटामा बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको हो ।

उक्त कार्यक्रम शुभकामनामा मै सिमित नभई गरिब दुखि जनताको खुशीयालि कार्यक्रम बन्न पुगेको स्थानिय बासिहरुले बताएका छन वडानं १ मा ४० जना वडा नं २ मा १८० वडानं ३ मा ८२ घरधुरी लाई तेल चिनि र चामल वितरण गरिएको छ ।

पलातागाउँपालिकाको पलातागाँउपालिकाको आर्थिक सहयाग र समाज सुधार सहकारी सस्थांको सहजिकरणमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अधयक्ष बमले पलाता गाउँपालिकाका कुनै पनि गरिब दुखिहरुको घरमा दशै तिहार जस्ता ठुला चाडपर्वहरुमा चुलो निभ्न नदिने बताउनु भएको छ । अरुले चाडपर्व मनाउँदै गर्दा गरिब दुखि हरु घरको कुनामा गएर रुन पर्ने दिनको अन्त्य भएको बताएका छन। अध्यक्ष बमले जनयुद्धको स्मरण गराउदै भने देशमा कम्युनिस्टको सरकार हुदै गर्दा पनि गरिब जनताले एक छाक मीठो खान पाएनन् भने १० वर्ष जनयुद्ध लडेको कुनै औचित्य नरहने बताउदै बमले भने म पलाता गाउँपालिका को अध्यक्ष पदमा रहुन्जेल म कसैको कुरा सुन्दिन चाहे मेरो पार्टीको होस वा अन्य पार्टीको होस । सुन्छु त केवल पलाता बासिको आवाज दुख पिर मर्का मात्र सुन्छु ।

शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रममा बुद्धिजीवी,शिक्षक,जनप्रतिनिधि,कर्मचारी,र विभिन्न राजनीतिक दलमा आवद्ध युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने विभिन्न खालका कलाहरु देखाउदै कलाकार हरूले कार्यक्रमलाई झनै सुनमा सुगन्ध झै बनाएका थिए । त्यस्तै गरी भोलि को कार्यक्रम खीन को नेटा मा हुने सम्मेत बताउबताइएको छ ।।