दोषी भए कारबाही भोग्न तयार छु पलाता गाउँपालिका अध्यक्ष -लक्षमण बहादुर बम

अरू उपहार दिन नसके पनि एक बोतल औकात अनुसारको लोकल चाहिएको छ भने पठाई दिउँला।

कालिकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाँती कान्छा’ले आफ्ना विरूद्धमा आएका समाचारहरू भ्रम र एकपक्षिय भएको दाबी गरेका छन्। लोकान्तर नामक अनलाइन पत्रिकाले ‘आफ्नै घरमा गाउँपालिकाको कार्यालय राखेर भाडा असुल्दै अध्यक्ष’ शिर्षकमा समाचार प्रकाशित भएपछि अध्यक्ष बमले सामाजिक सञ्जाल फेशबुक मार्फत स्पष्टिकरण समेत दिएका छन्।

यो कुरा पहिला पनि उठेको हो यदि साच्चै समचार लेख्नेहो भने गाउँपालिकामा गएर सत्य तथ्य बुझेर लेख्न सम्मेत अध्यक्ष बमले आग्रह गरेका छन । गलत सुचनाका आधारमा कुनै पनि ब्यातmीको मानानि हुनेगरि भ्रामक कपोकल्पीत र तथ्यहिन समचार लेख्न नहुने बताउनु भयो ।।

अध्यक्ष बमले समाचारमा भने जस्तै दोषी प्रमाणीत भए आफू जुनसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्। समाचारमा विज्ञापन विनै आफ्नो घर सरकारी भाडामा दिएको, नीजि मेडिकल बन्द गराएको, आफन्तलाई जागिर दिएको जस्ता आरोपहरू लगाइएका छन्। उनले भनेका छन्, ‘यो समचार लेख्ने पत्रकार मोहोदयलाई म त चिन्दिन। तर, मेरो कामको बारेमा थाहा छ र परिचित छु। जति दोष लगाको छ। यो सहि र गलत छ भने जस्तो सुकै कारबाही भोग्न तयार छु। यसलाई अरू उपहार दिन नसके पनि एक बोतल औकात अनुसारको लोकल चाहिएको छ भने पठाई दिउँला। माग यहि त होला। हैन र हजुर। चेतना भया।’

हामीले गाउँपालिकाका अध्यक्ष बमलाई समाचारमा आएका आरोपका बारेमा सोध्दा उनले भने,‘सबैभन्दा पहिले त समाचारमा भ्रमफैलाउन खोजिएको छ। सञ्चारमाध्ययमले यस्ता कुराहरूमा ध्यान दिनुपर्ने हो। सुर्खेत बसेर कालिकोटको पलाँताका बारेमा कति नै थाह हुन्छ र रु अर्को कुरा पत्रकार साथीले वडाको योजना र उपभोक्ता समिति कसले बनाउछरु त्यो कसको जिम्मेवारी हुन्छ रु त्यो जान्न आवश्यक छ। गापाले वडाको उपभोक्ता समिति निमार्ण गर्छ .