कालिकोटका नन्दबहादुर सिंह मप विश्वविद्यालयको उपकुलपतिका लागी पहिलो नम्बरमा

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागी तीनजनाको नाम सिफारिस भए संगै शक्तिकेन्द्रहरुमा दौडधुप शुरु भएको छ । माननिय डा।उषा झा नेतृत्वको सर्च कमिटीले केही दिनअघि प्रधानमन्त्रीलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागी नन्दबहादुर सिंह,जनार्दन लामिछाने र केशरसिंह राना गरी तीनजनाको नाम सिफारिस गरेको थियो । त्रीभुवन विश्वविद्यालयका प्रध्यापक नन्दबहादुर सिंह सिफारिस लिस्टको एक नम्बरमा भएका कारण उपकुलपतिमा नियुक्त हुनसक्ने प्रवल सम्भावना रहेको चर्चा हुनथालेको छ । पुर्व एमाले बाट सिंह सिफारिस भएका छन् भने अन्य दुबैजना पुर्व माओवादी निकट मानिन्छन् ।

सिंहले मध्यपश्चिमाञ्चल विश्वविद्यालय निर्माणमा महत्वपुर्ण भुमिका समेत निर्वाह गरेका थिए, विश्वविद्यालय स्थापनाका दौरान उनले भिजन पेपर प्रस्तुत गरेका थिए ।नन्द बहादुर सिंहलाई प्रधानमन्त्री र नेकपा कर्णाली प्रदेश इन्चार्ज जमार्दन शर्माको पनि उत्तिकै सहयोग रहेको कुरा उनी निकट एकजनाले बताएका छन ।अल्फाबेटको आधारमा तेस्रोमा परेपनि योग्यता,अनुभव र क्षमताको आधारमा नन्द सिंह पहिलो परेका छन् । सिंहले संसारकै उत्कृष्ट टोकियो विश्वविद्यालय बाट पीएचडी गरेका छन् , टोकियो विश्वका उत्कृष्ट विश्वविद्यालय मध्य १२ औं स्थानमा पर्छ । जनार्दन लामिछाने काठमाडौं विश्वविद्यालयमा पढाउँछन्। लामिछाने कर्णाली प्रदेशको नभएका कारण पनि प्रदेश सरकार र त्यहांका स्थानीय नेताहरु सकरात्म छैनन्, यसभन्दा अघिल्लो कार्यकालमा प्रदेश बाहिरका उपेन्द्र कोइरालालाई उपकुलपति बनऔदा विश्वविद्यालय सहज रुपमा अगाडि बढ्न सकेको थिएन ।

जनार्दन लामिछानेले बिगतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा नभई नेपालगंजमा बनाउनुपर्नेमा जोड गरेका कारण पनि उनलाई असहज परिस्थिति निर्माण भएको छ यद्यपी भागवण्डामा पुर्व माओवादिले पाए उनी उपकुलपति बन्न सक्छन् । लामिछानेले पछिल्लो समय बिबास्पद रहेको दक्षिण कोरीयालि सन मुन विश्वविद्यालय बाट पीएचडी गरेका थिए जुन विश्वविद्यालय विश्वको ४६२९ औं स्थानमा छ । केशर संह राना मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोग सदस्य हुन् , राना पद प्राप्तिका लागि राजनैतिक रुपमा सहजै परिवर्तन हुन तयार पात्रको रुपमा चिनिन्छन् । रानालाई पुर्व माओवादीका स्थानीय नेताहरुको साथ छ । सेवा आयोगमा काम गरेका कारण उनले पार्टि निकट केहि कार्यकर्तालाई विश्वविद्यालयमा नितुक्ति गर्न सहज वातावरण निर्माण गरेका कारण स्थानीय नेताहरुको समर्थन पाएका हुन् ।

रानाले भारतको मगध विश्वविद्यालय बाट पीएचडी गरेका थिए जुन विश्वविद्यालय विश्वको ८५४१ औं स्थानमा छ । पहिलो नम्बरमा सिफारिस भएका नन्द बहादुर सिंहले आफू स्थानीय रहेको , सबैभन्दा अब्बल भिजन बोकेको र तलदेखि माथिल्लो तह सम्मकै राजनैतिक नेतृत्व समेत सकरात्मक भएका कारण आफूले सेवा गर्ने अवसर पाउने बताएका छ्न् । उनले भनेका छन् ” आफूलाई सेवा गर्ने अवसर दिए मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएर कर्णाली प्रदेशको मुहार बदल्ने सोच छ karnaliaawaj.com