जनयुद्ध दिवसमा सुर्खेतको शिक्षा क्याम्पसमा सरसफाई

२५ औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतको शिक्षा क्याम्पसमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जनयुद्ध तथा अनआन्दोलनका सहिदहरुको स्मृतिमा सरसफाई गरिएको हो अनेरास्ववियू जिल्ला समिति सुर्खेत र सुर्खेत शिक्षा क्याम्पस कमिटीको संयुक्त आयोजनामा २५औं जनयुद्ध दिवसको अवसरमा सुर्खेत शिक्षा क्याम्पस मा सरसफाइ कार्यक्रम भएको थियो ।

महान वीर सहिद लाई सम्झदै सहिदले देखाएको बाटो मा रतिभर नझुकी इमान्दारीका साथ हिडिरहने नेता अम्मरजंग शाहीले बताए । उनले साथै शहिदका अधुरा सपना हरु पुरागर्न हामी सबै एकजुट भए र लाग्नु पर्ने समेत बताए ।

आजै मध्यपश्चिम विश्वविद्यालयमा सहिद हरुको सम्झना मा दिप प्रज्वलन कार्यक्रम पनि राखेको नेतृ तिर्सना हमालले बताइन् ।सो सरसफाइ कार्यक्रममा संगठनका नेता अम्मराज शाही,महेश जिसी, धुपेन्द्र शाही, चक्र शाही ,तिर्सना हमाल, हिक्मत शाही ,निकुञ्ज पाण्डे लगायतको सहभागीता सम्पन्नमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।