ठाटिकाँँध गाउपालिका द्वारा काठमाण्डौ मा रहेका बिधार्थी तथा मजदुर को उद्धार

तिलक रिजाल
दैलेख को ठाटिकाँध गाउपालिका ले काठमाडौ मा रहेका आफ्नो पालिका का नागरिक लाई उद्घार गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरना भाईरस कोभिड 19 ले एतिबेला माहामारी रुप लिरहेको बेला ठाटीकाँध गाउँपालिका का विद्यार्थी मज्दुर ले काठमाडौ मा बिभिन्न सम्स्या झेल्दै एक महिना सम्म पुर्ण रुपमा लक्डाउन मा बसेको र खान बस्न मा सम्स्या देखिएको र उनिहरु घर आउन चाहेको ले उद्घार कार्यगरिएको गाउँ पालिका का अध्यक्ष धिर बहादुर साहिले बताउनु भयो । साथै काठमाडौ मा रहेका विभिन्न क्षेत्र मा रहेका विद्यार्थी तथा मज्दुर लाई उदार मा ठाटिकाँध गाउँ पालिका कि उपप्रमुख सुस्मिता सिङ र जिल्ला समन्वय समिति का उपप्रमुख लक्ष्मी शाह को विशेष सहयोग र पहल मा विभिन्न क्षेत्र मा रहेको विद्यार्थी तथा नागरिक गरि जम्मा ५५ जना लाइ सम्पर्कमा ल्याइ दुइ वटा बस द्वारा उद्घार गरिएको    र  त्यस्मा दुल्लु     नगरपालिका का  समस्या परेका ५ जना समेत रहेका उपप्रमुख सुस्मिता सिंह ले जान्कारी दिनुभयो । साथै उद्घार गरिएका मानिस हरु आफ्नो घरमा अलगै चौध दिन होम क्वारेन्टाइन बस्नुपर्ने छ ।
र सुर्खेत मा रहेका नागरिक लाई पनि समस्या मा रहेका र घर फर्किन चाहेका लाई लगतै पालिका द्वारा उद्घार गर्न लागेको अध्यक्ष शाहिले जान्कारी दिनु भयो ।