व्यवसाय र समाज सेवामा दैनिकी बिताउदै गरेका सुनार लोकप्रिय बन्दै ।

दैलेख दुल्लुनगर पालिका –११ तोरियाँ पाल्त जन्मथलो भएका २८ वर्षिय यूवा ब्यवसायी तिर्थ सुनारले विरेन्द्रनगर नगरपालिका –४ एरिचौक सुर्खेतमा सुनचाँदी ब्यवसाय गर्छन् । यहाँ करिव ८ वर्षदेखी ब्यवसाय गर्दैआएका छन् ।

सवैसंग मिल्नसक्ने, सरल स्वभावका तिर्थ अहिले कर्णाली प्रदेशभरि नै आफ्ना ग्राहक बनाएका छन् । उनी कहाँ सुनका गरगहना किन्न कर्णाली लगायत अन्य प्रदेशबाट समेत ग्राहक आउँछन् । झट् हेर्दा सन्यासी, जोगीको भेषको आवरणमा उनी सदा देखीन्छन् । मिठो बोली, सवैलाई गर्ने सम्मानले उनको ब्यक्तित्वलाई उचो राखेको छ । एउटा सफल ब्यवसायीका रुपमा आफुलाई स्थापित गरिसकेका तिर्थका जिवनमा धेरै संर्घषका कथाहरु छन् ।

बुवाले तिर्थलाई सरकारी जाँगिर खुवाउनका लागि पढाईतिर मात्रै केन्द्रित गरे पनि समय परिवेशले उनी फेरी बुवाले गर्दै आएको पुरानो ब्यबसाय (सुनचाँदी पसल)तिर मोडिए । कारण थियो, पढ्दा पढ्दै बुवाको निधनपछि एक वर्ष तल्लो डुंगेश्वरमा रहेको निमावीमा शिक्षक भए । शिक्षक भएसंगै विवाह बन्धनमा बाँधिए । शिक्षक पेशाले कमाईले घरपरिवारलाई धान्न हम्मेहम्मे भयो । उनलाई परिवारबाटै बुवाले गरेको ब्यवसायमा फर्कन दवाव आयो । बुवाबाट सिकेको सिपलाई उनले फेरी सुरु गरे । सुरुमा अछामको कमलबजारमा थोरै रकमबाट ब्यवसाय गरे ।

१ वर्षपछि उनी सुर्खेत आएर एयरर्पोट चौकमा १ वर्ष ब्यवसाय गरेर उनी अहिले सञ्चालन गरेको एरिचौकमा न्यू दैलेखी पंचकोशी कालभैरव आभुषण कलाकेन्द्र नामबाट ८ वर्षदेखी ब्यवसाय गर्दै आएका छन् । पढेर जाँगिर खाने सपना बोकेको तिर्थ घरायसी बाध्यताले ब्यवसायमा होमिए पनि अहिले आफुलाई सफल ब्यवसायी सावित गरिसकेका छन् । ४ कक्षासम्म गाउँकै भानु माविमा पढेका उनी ५ कक्षा विनायकमा पढे ।

त्यसपछि निमावी नभएकाले ८ कक्षासम्म नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयमा पढे । जनउच्च मावि सुर्खेतमा ९ देखी १० पढेर फेरी एसएलसी दिन भानु उमावी पुगे । पढेर सरकारी जाँगिर खाने सपना बोकेका उनी फेरी दुल्लुको विजय उमावीबाट शिक्षा शास्त्रमा प्लस टु गरे । शिक्षा क्याम्पस सुर्खेतमा अध्यायन गरे । अध्यायनकै क्रममा बुवाको देहान्त भएपनि फेरी घर फर्किएर एक वर्ष अध्यापन गराएका उनी ब्यवसायतिर फर्किएका हुन् ।

अहिले ७ जनाले उनको पसलमा रोजगारी पाएका छन् । समाजसेवि ब्यवसायीको रुपमा समेत उनी परिचित छन् । दुःखमा परेकाहरुलाई उनले समयसमयमा सहयोग गरिरहेका छन् । सुर्खेतमा उनी मिलनसार स्वभावका ब्यवसायीका रुपमा आफुलाई चिनाएका छन् ।