संविधान सम्सोधन गरेरभएपनी भागरथी भट्टको हत्यारालाई फासीहुनुपर्छ सामाजिक अभियान्ता सुनार

२६ माघ, सुर्खेत । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई फासिको सजाय हुनुपर्ने सामाजिक अभियानता तिर्थसुनारले माग राखेकाछ्न । नेपालमा यस्ता खालका घटना धेरै घटेकाछ्न यसमा हामी सम्पुर्ण आमनागरिक ले आवाज उठाउन आवश्यक रहेको सुनार को भनाइ छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका७(कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा अध्ययनरत छात्रा भट्टको बुधबारको दिन हत्या गरि सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ ।
प्रहरीले भागरथीको पनि बलात्कारपछि हत्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ ।