मृतकलाई सामाजिक सहिद घोषणा गर्न युवा नेता सुनार को आग्रह

मृतकलाई सामाजिक सहिद घोषणा गर्न युवा नेता सुनार को आग्रह

रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाका विरुद्धमा देशका विभिन्न स्थानमा प्रदर्शन र विरोध सभाहरु भइरहेका छन् । काठमाडौंलगायत प्रदेशका राजधानीहरुमा समेत युवाहरुले दबावमुलक कार्यक्रम पटक-पटक गर्दै आएका छन् ।

सुर्खेतका युवाहरुले पनि भोक हड्ताल तथा खबरदारी सभा गरेका छन् । उनीहरुले राजधानी वीरेन्द्रनगरको वीरेन्द्रचोकमा सभाको आयोजना गर्दै १२ घण्टाको लागि भोक हड्तालसमेत गरेका हुन् ।

खबरदारी सभामा बोल्दै युवा नेता तिर्थ सुनारले घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरे । सो घटनापछि निरन्तर न्यायको लागि आन्दोलनमा होमिएका उनले कुनै पनि बहानामा हत्याजस्तो जघन्य अपराध गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताए । घटनामा संलग्नलाई आजीवन कारावास, मृतकलाई सामाजिक सहिद घोषणा गर्न, घाईतेको निशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित राहत दिन सरकारसँग उनले मागसमेत गरे ।