जन्मदिनकाे अवसरमा ६८ जना वृद्ध ,असाय तथा अपाङ्गहरुलाई खाना खुवाउदै गहतराज ।

बर्दियाका एक युवा ब्याबसायिले आफ्नो जन्मदिनको अबसर पारेर मानबसेवा आश्रम सुर्खेतमा रहेका वृद्ध वृद्धा अपाङ्ग तथा असायहरुलाई खाना खुवायर सहयोग गरेका छन ।ट्रेड युनियन काँग्रेस प्रदेश कमिटी सदस्य तथा युवा वेवसायी यमराज गहतराजले आज आफ्नो जन्मदिनको अबसर पारेर मानव सेवा आश्रममा रहेका ६८ जना वृद्ध असाय अपाङ्गहरुलाई एक छाक खाना खुवायका छन। पछिल्लो समयमा युवाहरुले आफ्नो जन्मदिनमा खर्चिलो विभिन्न पार्टी भोज, अनावश्यक खर्च गरेर मनाईरहेका बेला “जहाँ आवश्यकता त्यहाँ धर्म ” को भावना अनुरूप जो भोकै छन उनीहरूलाई खाना खुवायर पुण्यको काम भन्दा अरु हुन नसक्ने भयकोले मानव सेवा आश्रममा आफुले खान खुवायको यमराजको भनाइ रहेको थियो ।

सोमवार बिहान मानव सेवा आश्रमका सबै कर्मचारीहरु ले पनि यो कार्यमा सहयोग गर्नु भयको बताए । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.५ मा जन्मीनुभएका गतराज बिगत लामो समय देखि कालिकोट जिल्लाको सदरमुकाम र बिरेन्र्दनगरमा व्यापार व्यावसायिक गर्दै आउनु भयका यमराजले होटल गरिने फ्युजल खर्चले असाय तथा अपाङ्गहरुलाई सम्झियका हुन।

यमराज गहतराज हाल बिरेन्द्र नगरमा न्यु रत्ना इन्जिनियरिगं वर्क सप संञ्चालनगर्दै आउनु भयको छ। उक्त अवसरमा यमराजले मृर्तक भाइ सुन्दर गहतराज को सम्झनामा आफ़नो जन्मदिनमा मानव सेवा आश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाउन पाँएकोमा ख़ुशी व्यक्त गर्दै ब्यावस्थापन मिलाउनु हुने सबैमा आभार व्यक्त गर्नु भयको थियो।