दैलेख-स्थानीय तहको विकास निर्माणलाई जिल्ला समन्वय समितिले प्रत्येक्ष निगरानी गर्ने जिल्ला समन्वय समिति दैलेख प्रमुख प्रेमबहादुर थापाले बताउनु भएको छ । शनिबार छड्के अनुगमनका क्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकामा पुग्नु भएको उहाँले यस्तो बताउनु भएको हो ।
योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्ला समन्वय समितिले स्थानीयको प्रत्येक्ष निगरानी गर्ने उहाँले बताउनु भयो ।
साथै पछिल्लो समय उपभोक्ता समिति विकास निर्माणको बाधक बनेको उहाँले बताउनु भयो । ‘उपभोक्ता समितिहरु ५० प्रतिशत काम गर्छन, ‘१०० प्रतिशत भुक्तानी माग्छन ।’ उहाँले भन्नुभयो–
नगर गौरवका आयोजनाहरु उपभोक्ता समिति भन्दा टेण्डरबाट गरिनुपर्नेमा जोड उहाँले दिनुभयो । ‘टेण्डर दियौँ भने ठेकेदारलाई कारवाही गर्न सकिन्छ ।, ‘कालो सूचीमा पनि राख्न सकिन्छ , उपभोक्ता समितिलाई कालो सूचीमा राख्न सकिदैन, कारवाही पनि गर्न सकिदैन ।’ उहाँले भन्नुभयो
चामुण्डाविन्द्रासैनी नगरपालिकामा विजुली बाल्नका लागि सहजिकरण उहाँको भनाई छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले नगरपार्क वडा टोल खेल मैदान, क्रिकेट मौदान जस्त कार्यहरु प्रसंसनीय रहेको बताउनु भयो । साथै नगरपालिकाको पुँजीगत खर्चलाई बढाउन तर्फ अग्रसर हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।
जिल्ला प्रहरी नायब उपनिरिक्षक ठाकुरप्रसाद पोखरेलले नगरपालिकाको प्रसंशा जनताको शान्ति सुरक्षाका लागि कुनै कसुर नराख्ने बताउनु भयो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले योजनाहरु जानकारी दिदै सुझावहरुलाई आगामी दिनमा कार्यन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिका उपप्रमुख ताराकुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपाली लगायतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख ,प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी नायब उपरिक्षक लगायतको टोली चामुण्डाविन्द्रासैनीको जम्बुकाँधमा निर्माधिन अस्थायी प्रहरी चौकीको भवन, निर्माधन नगरपार्क, जयदेव माध्यमिक विद्यालय, वडा नं. ६ को टेम्पु पार्कको अनुगमन गरिएको थियो ।
स्मार्ट कर्णाली । २९ पुष २०७५, आईतवार १३:३२ बजे