राष्कोट नगरपालिकाको वडा नं.८ को सेरीज्युला र लाडिखेल्ला मा खानेपानिको समस्या हुदा स्थानिय बासिले दुख खेप्नु परेको छ । २५ औ बर्ष देखि तेस गाउँका स्थानिय बासिले १ घन्टा लगाएर पैदल यात्रा गरेर खानेपािनको प्रयोग गर्दै आइरहेका छन । यता हालसालै नगरपालिकाले सडक निमार्ण गरे सगै कुला नाला भत्कीय पछि पसुचौपाएलाई सम्मेत खाने पानिको सम्स्या झेल्दै आइरहेका ति स्थानिय बासिको कहिले सम्म होला यो पिडा ?
सो बस्तीका बासिन्दा ले नगरपालिका र वडा कार्यालयमा पटक,पटक निबेदन दिदा पनि सुनुवाई नभएको स्थानिय बासि आनन्द न्यौपानेले जानकारी दिनु भयो । उत वडा नं. ८ का वडा अध्यक्ष कृष्ण प्रसाद धमाला लाई बुझदा मैले पनि नगरपालिकामा धैरैपटक निबेदन र मौखिक आग्र्रह गरेपनि केहि चासो नगरपालिकाले नदिएको बताउनु भयो । यता नगरपालिका नगरप्रमुख काशिचन्द्र बरालसंग बुझदा त्यो ठाउमा खानेपानि दिन वडा नं. ८ बाट सम्भब नभएकाले वडा नं.९ बाट तत्काल खानेपानि संञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भयो । यता वडा न.९ का वडा अध्यक्ष डबल बोगटी संग बुझदा सेरिज्युला खानेपानि दिनकालागी तयारी भए पनि कार्यक्रम निमार्ण ग्रर्ने समय लाग्ने भएकाले अलि ढिला हुन गयो आजको दिन देखि २० दिन भित्र सेरिज्युला का जनतालाई खानेपानिको धारा संञ्चालनमा ल्याउने बताउनु भयो ।
स्मार्ट कर्णाली । ७ माघ २०७५, सोमबार १९:३३ बजे