कर्णाली प्रदेशमा इन्फो टेक २०१९ सञ्चालन गर्ने पहिलो पटक रोवर्ट ल्याइदै

कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)ले फागुन २४ गते देखि २८ गते सम्म कर्णाली प्रदेश स्तरिय क्यान इन्फो टेक २०१९ सञ्चालन गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको हो । ५ दिन सम्म सञ्चालनमा आउने उक्त इन्फो टेकमा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजीटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन हुने आयोजकले बताएको छ । मेलामा विभिन्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षा तथा विज्ञान प्रविधि क्षेत्रहरुको उल्खनिय सहभागिताका साथै कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाका १ लाख बढी दर्शकले आवलोकन गर्ने अनुमान गरिएको छ ।

 

सुर्खेतमा रंगशालामा सञ्चालन हुने उक्त कार्यक्रममा रोवर्ट ल्याउने तयारी भैरहेको क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । गरिने अध्यक्ष अधिकारीले बताए । कर्णालीलाई प्रविधिमा जोड्ने इन्फोटेकको पहिलो उद्देश्य रहेको भन्दै अधिकारीले इन्फोटेकमा विभिन्न नयाँ नयाँ प्रविधिहरुको बारेमा जानकारी दिइने बताए । मेलाले कर्णाली प्रदेशमा सुचना संचार प्रविधि व्यापार प्रवर्धनमा सेवा पुर्याउनुका साथै कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली प्रदेशमा समेत सहयोग पुर्याउने क्यान महासंघ सुुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले बताए ।

मेलाले कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पुर्याउने लक्ष्य रहेको उनको भनाई थियो । यस्तै टिकट व्यवस्थित गर्नको लागि आइएमइ पे मार्फत अनलाईन टिकेटिङ्गको व्यवस्था रहेको छ भने अनलाईन टिकट निशुल्क लिन सकिने उनको भनाई थियो । यस्तै अनलाईन टिकटको लागि मोबाईलमा आइएमइ पे एप्स डाउन्लोड लरि सजिलै टिकल काट्न सकिने उनको भनाई थियो । मेलामा अवलोकन गर्नेहरुको लागि ३० रुपैयाँको टिकट दर तोकिएको छ भने विद्यार्थीलाई आईडि कार्ट र विद्यालयको ड्रेस सहित गएमा निशुल्क प्रवेश गर्न सकिने र विद्यार्थी आईडि कार्ड मात्र भएको अवस्थामा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोजकले बताएको छ ।

यस्तै मेलामा ७० वटा स्टल रहने छन् भने विभिन्न राष्ट्रिय स्तरका व्यवसायीहरुको समते सहभागिता रहन जानकारी दिइएको छ । यस्तै मेलामा करिव ३६ लाख वरावरको लागत लाग्ने जनाइएको छ । यस्तै मेलामा विभिन्न अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुने छन् ।khabarsabaiko.com