दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा हुँदा सबै कर्मचारी गाउँपालिकामै हुन्छन् तर अध्यक्ष पालिका बाहिर जाँदा सबै कर्मचारी बिभिन्न बाहानामा कार्यालय छोडेर भाग्छन् नाम नबताउने शर्तमा एक स्थानीय सेवाग्राहीले भने ।
कर्मचारी नभएपछि सेवाग्राही पनी आउन छाडेको कार्यालय कुर्न बसेका स्वाथ्य सहसंयोजक विनोदकुमार न्यौपानेले बताए । लेखापाल खिमलाल पुन विकास बजेटको ६० प्रतीशत बजेट खर्चगरी बिदामा घर गएका हुन् अन्य कर्मचारी को कसरी कहाँ गए थाहाँ नभएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । अन्य कर्मचारी नायव सुब्वा तथा सूचना अधिकारी राजबहादुर बम र प्राविधिक शाखा प्रमुख पदमबहादुर शाही बिदेश भ्रमणमा निक्लेका छन् । प्रमुख प्रशासकीय अधिकृत समायोजन फर्मभर्न जानुभएको हो तर उहाँ पनि बिदेशमा हुनुहुन्छ एक कर्मचारीले भने । पलाँता गाउँपालिकाका एक मात्र सचिव बिष्णुकान्त प्याकुरेल माघि महोत्सव बर्दिया गएका छन् ।
लेखा सहायक र एक जना खरिदार पनि बिदामा नै छन् । सबै कर्मचारी १५ गते सम्म आउने कार्यालयमा भिडीयो हेर्दै दिन काट्दै गरेका न्यौपानेले बताए । बिदामा गएका कर्मचारीले बिदा स्विकृत गराएका छैनन् । पहिले गाविस सचिव र कार्यालय प्रमुख नबस्ने समस्या आउन्थ्यो, अहिले स्थानीय निकायमा नियमित कर्मचारी नबस्ने गरेको गुनासो आइरहेको नागरिक समाज कालिकोटका अगुवा कालीबहादुर मल्लले बताए । बर्षभरी कार्यालयमा कर्मचारी नबस्ने र असाढ मसान्तमा सबै बजेट सक्काउने परिपाटी अझै छुट्न सकेको छैन ।
यस्तो भन्छन् गाँउपालिका अध्यक्ष – बम
मेरा कार्यालयका कर्मचारि सबै सम्पर्कमा नरहेकाले यहि१३ गतेबाट सुरु हुन वडाका सार्वजनिक सुनुवाई स्थगित भएको जानकारि गर्दछु । अध्यक्ष बमले पहिलाे पटक सम्झाउने गतिबिधि नराेकिए कारवाहिकाे प्रकिया अगाडि बढाउने बताएका छन ।
स्मार्ट कर्णाली । १२ माघ २०७५, शनिबार २०:२३ बजे