सोलुखुम्बुबाट उडेको हेलिकोप्टरमै जन्मियो शिशु

२१ माघ, काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । गर्भवति महिला लिएर काठमाडौं आउँदै गर्दा आकाशमै एक शिशुको जन्म भएको हो ।

विहान सोलुको नुन्थलाबाट उडेको कैशाल हेलिकोप्टरमा काठमाडौं आउँदै गरेकी नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् । उनी कञ्चन तामाङकी श्रीमती हुन् ।