स्वबियु निर्बाचनबाट नेबिसंघ भाग्दैछ -स्वबियु अध्यक्ष आचार्य (भिडियो सहित)

तिलाकर्णाली बहुमुखि क्याम्पस कालिकोटका स्वबियु अध्यक्ष भिम आचार्यले स्वाबियु निर्बाचन हार्ने डरले नेबिसंघ निर्बाचनमा भाग नलिने दाउमा लागेको आरोप लगाउनु भएको छ ।

कर्णाली प्रदेशको राजधानिमा बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युजले गरको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले अनेरास्वबीयु र अखिल क्रान्तीकारीले समयमाई निर्बाचन गराउन त्रिभुन बिश्वबिद्यालयलाई आग्रह सम्मेत गरेको बताउनु भएको छ ।

साक्षात्कार कार्यक्रममा बोल्दै आचार्यले दुई संगठनको एकताले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई थप ऊर्जा मिलेको बताउनु भयो । उहाले आगामी निर्वाचनमा आफ्नो संगठनले अप्रत्यशिल नतिजा निकाल्दै धेरै क्याम्पसमा जित्ने दाबी समेत गर्नुभयो । स्वबियु निर्वाचनको मिती नजिकिदै संगठनको तयारी तिब्र भइरहेका बताउनु भयो ।

तिलाकर्णाली बहुमुखि क्याम्पस कालिकोटका स्वबियु अध्यक्षमा निर्बार्चित भइसकेपछि तिलाकर्णाली बहुमुखि क्याम्पसलाई सरकारी क्याम्पस बनाएका, छौ स्वबियु बिकास कोषबाट कम्प्युटर लाइबेरी स्थापना गराएको बताउदै अब हामि प्राबिधिक शिक्षा अध्यन्नकालागी Hido Engineering पनि संञ्चालनमा ल्याउने तयारी गरेको बताउनु भयो ।