गठबन्धन लाई धोस्त गर्दै एमालेबाट शाह बिजय

सुर्खेत : दैलेख निर्वाचन क्षेत्र निर्वाचन–२ प्रदेश सभा (२)मा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रि गठबन्धनबाट उम्मेदवार माओवादीका योगेन्द्र शाहीलाई हराएका हुन्। शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्।

शाहले ९ हजार ४६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका हुन्। शाहका प्रतिद्धन्द्धी योगेन्द्रले ९ हजार ३८१ मत पाए।

योगेन्द्र टिकट नपाएपछि एमाले पार्टी परित्याग गरी रातारात माओवादीमा प्रवेश गरेका थिए। उनलाई पूर्वसहकर्मी शाहले हारको स्वाद चखाएका छन्।

एमाले पार्टीभित्रै विद्रोह गरेर योगेन्द्रले टिकटकै लागि माओवादीमा प्रवेश गरेका थिए। योगेन्द्रले आफुलाई युवा र बौद्धिक नेता दाबी समेत गर्दै आएका छन्।