कालिकोट जिल्लामा रहेको शान्नी त्रिबेणी गाउँपालिकामा सडक,शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिक्तmा दिएको शान्नी त्रिबेणी गाउँपालिका उपाध्यक्ष होइजा बुढाले बताउनु भयो ।
कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाले स्थानिय तहको निर्बाचनबाट निर्बार्चित भइसकेपछि गाउँपालिकाका सबै विद्यालयहरुमा शिक्षकहरुलाई नियमित गराउन विद्युतीय हाजिरीको प्रयोग गरिएको,गाउँपालिकाको माटो परीक्षण ,विज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन ,तुसारखोला देखी मुम्रासम्म सडक बाटो निर्माण, र्यागिलदेखी सेरीज्यूला, सान्नीघाटदेखी डाडाखेत सम्म सडक बाटो निर्माण,पूर्ण साक्षर गाउँपालिका, पूर्ण छाउन्मुख गाउँपालिका घोषणा, छाउपडी प्रथामुक्त गाउँपालिका, कुपोषणमुक्त गाउँपालिका बनाउन सफ भएको बताउनु भयो ।
अबको बाकि कार्यकाल भित्र ,सबै वडाहरुमा सडक बाटो विस्तार गरि स्तर उन्ती गर्ने,शिक्षामा आमुल परीवर्तन ल्याई गुणस्तरीय बनाउने,सुविधासम्पन्न अस्पताल निर्माण गर्ने ,अयातमुखी नभई निर्यातमुखी कृषाी उत्पादनमा जोड दिई जनताको आयस्तर बृद्धि गरिने साक्षात्कार कार्यक्रममा प्रतिबद्धता ब्यतm गनुभयो ।
स्मार्ट कर्णाली । २५ माघ २०७५, शुक्रबार १८:१३ बजे