व्यावसायिक कृषि खेतीलाई पहिलो प्राथमिकता दिन्छौं : नगर प्रमुख बराल

कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा निर्वाहामुखी र पुरानो परम्परागत कृषि उत्पादनले जनताको जिविकोपार्जनमा सुधार नहुने भएकाले अब व्यावसायिक विभिधिकरण र आधुनिकिरकण कृषि खेतिलाई पहिलो प्राथमिकता दिने राष्कोट नगरपालिका नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । राष्कोट नगरपालिकाको वडा नं. ९ को थोल्ममा फलफुल तथा तरकारी खेतिको अबलोकन गर्दै बरालले अर्गानिक राष्कोट उत्पादको केन्द्र बनाउने उदेश्यले राष्कोट एकिकृत अर्गानिक कृषि बिषेश कार्यक्रम संञ्चालन गरेको बताउनु भयो । राष्कोट नगरपालिकामा उत्पादनको बिभिधिकरण गरेर व्यावसायिकरणमा लैजाने तयारीमा रहेको बताउदै स्याउ जोन, रैथानेबालिको संक्षण, नगदेबालिको केन्द्रीकरण, फलफूलको पकेट क्षेत्र बनाएर अगाढि बढ्नेमा जोड दिनु भयो ।