ने.क.पा.को बन्दका कारण कालिकोटकाे जनजीवन प्रभावित, ठाउ ठाउमा सुरक्षाकर्मी परिचालन

कर्ण बिश्वकर्मा,कालिकोट                                                                                  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आह्वान गरेको बन्दका कारण कालिकोट सहित कर्णाली अञ्चलको जनजीवनप्रभावित भएको छ ।

सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरिका सबारी साधन साथै बिद्यालय तथा बजार पूर्ण रुपमा बन्द रहेको छ ।

कालिकोट लगायत कर्णाली प्रदेशको राजधानि सुर्खेत जोड्ने कर्णाली करिडोरको बिभिन्न स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाबाट प्रदेश राजधानि सुर्खेतका लागि छुट्ने सवारी साधन चलेका छेनन् भने जुम्लाको सदरमुकाम खलङ्गा बजारका साथै लामो छोटो दुरीका सवारी साधन सन्चालनमा आएका छैन भने शैक्षिक सस्था पनि ठप्प रहेको छ ।