समृद्धिका लागी युवाको आवश्यक्ता मुख्यमन्त्री शाही ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश समृद्धिका लागी अहिले युवाको आबश्यतmा भएको बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा युवा गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले युवा भनेको नै बिकाषको खम्बा भएकाले अब कर्णाली प्रदेशमा हरेक बिकासका काममा युवा परिचालन गरेर रोजगारी सिर्जना गर्दे बिकाषको योजनामा लागेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले युवाहरु श्रमकालागी बाहिर गय पनि आफनै ठाउ,आफनै परिबेस,आफनै स्रोत साधन पहिचान तथा परिचालन गर्ने नसकेर हो । यदि पहिचान गर्ने सक्नेहो भने नेपालमा पनि रोजागरीको सिर्जना हुने बताउदै अब युवा जागरुप भएर लाथनु पर्ने बताउनु भयो ।

‘गाउँ बस्तीमा सयौं संस्थाले काम गरिरहेका छन् । ती संस्थाले अर्बौ बजेट खर्चिरहेका छन,’ उहाले भन्नु भयो, ‘त्यो अर्बौ पैसा कहाँ कसरी खर्च भयो रु मुख्यमन्त्री शाहीले जसका लागि सहयोग गर्न खोजेको हो, उसैलाई सहयोग गर्ने संस्थालाई सरकारले प्राथमिकता दिने जानकारी दिनु भयो ।

‘हामीलाई विकासको भोक छ । धेरै लगानी पनि आवश्यक छ,’ उहाले भन्नु भयो , ‘यदि कोही हामीलाई सहयोग गर्न चाहन्छ भने प्रदेश सरकारको खातामा बजेट देओस् । नत्र आफूले ९बाहिरका कार्मचारी० डेढ लाख तलब खाने र कर्णालीका युवालाई १५–२० हजार तलब दिएर काममा घोटाउने जस्ता कार्यलाई लाई बन्द गर्नुपर्छ भन्ने धारणा राख्नु भयो ।
मुख्य मन्त्री शाहीले सरकारले आईएनजीओ तथा एनजीओलाई राम्रा काम गर्न दिने बताउनु भयो । ‘हामी संस्था विरोधी होइनौं । राम्रो काम गर्ने संस्थालाई सरकारले प्रोत्साहन पनि दिन्छ,’ उहाले भन्नु भयो, ‘परिवर्तन देखिने खाले काम गर्ने संस्थाहरूलाई सरकारले काम गर्ने वातावरण बनाउँछ । तर काम नगर्ने तथा आफू समृद्ध हुने संस्था बन्द नै गर्नुपर्नेमा जोड दिनु भयो ।

मुख्यमन्त्री शाहीले उत्पादनका आधारमा कृषकलाई पेन्सन दिने योजना सरकारको रहेको बताउनु भयो । ‘२ सय बाख्रा, ५० गाई पाल्ने किसानलाई सरकारले पेन्सन दिने योजना बनाएको छ । २ सय बाख्रा नहुनेका लागि २० वटा बाख्रा अनुदान दिने र उत्पादन बढाउँदै किसानलाई पेन्सन दिनेछौं,’ उनले भने । उनले समाजमा जबसम्म अन्तर्विरोध रहिरहन्छ, तबसम्म शान्ति नहुने र शान्ति नभएसम्म विकास र समृद्धि नहुने बताए ।

कार्यक्रममा बोल्दै युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्दीय अध्यक्ष नारायण गिरीले युवालाई हरेक ठाउमा प्रयोग गर्ने तर निणायक ठाउमा पुग्दा अनुभबि नभएका,मुख नखुलेका भन्दै बिभिन्न बाहाना बनाएर पन्छ्याउने प्रबिधिको अन्त्य गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोलदै केन्दीय अध्यक्ष गिरील युवाहरुको सहभागिता बिना बिकाषले गति लिन नसक्ने बताउदै युवाहरुको सहभागिता बिना समाजपरिब्रत गर्ने सकिदैन तेसैले संघ संस्था माथि नियन्त्रण नभै नियमन गर्नु प्रर्नेमा जोड दिनु भयो ।