अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पसले गर्यो दशै विशेष कार्यक्रम

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)सुर्खेत बहुमुखी क्याम्पस कमिटिको आयोजनामा दशै तिहार एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ।
  • उक्त सुभकामना आदानप्रदान कार्यक्रममा सुर्खेत बहुमुखी क्याम्पसका अनेरास्ववियु संयोजक नर बहादुर कठायत,प्रमुख अतिथी अनेरास्ववियु कर्णाली प्रदेस संयोजक घनश्याम पुन,विशेष अतिथी क्याम्पस प्रमुख माधव खनाल ,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवम स्ववियु सभापति चक्र शाही ,केन्द्रिय सचिवालय सदस्य .सत्य शाही, अम्बर शाही अतिथि केन्द्रिय सदस्य  निकुञ्ज पाण्डे अनेरास्ववियु सुर्खेत का सह-संयोजक  गणेश शाही अनेरास्ववियु दैलेखका कार्यालय सदस्य क.सचिन तिमिल्सेना लगायतको उपस्थिति रहेकोथियो।
  • कार्यक्रममा आउंदैगरेको बिजयादशैं तथा दिपावली २०७८ छड्पर्वको सुभकामना एक आपसमा आदानप्रदान गरिएको थियो ।
  • साथै कार्यक्रम मा बोल्दै संयोजक कठायतले बिध्यार्थी का शैक्षिक समस्याको पहिचान गरि क्याम्पस प्रशासन लाई खबरदारी गर्ने र आफ्नो संगठन ले नि सक्दो सहयोग गर्ने बताए।
  • यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अनेरास्ववियु कर्णाली प्रदेश संयोजक घनश्याम पुन ले अनेरास्ववियु देशकोपहिलो संगठन बिद्यार्थी युनियन भएकाले आफ्नो संगठनलाई बलियो बनाउनुपर्नेर जहाँ जता जुनसुकै जस्तो अप्ठ्यारो भयनी धनी गरिव नभनी मनले सहयोग गर्नुपर्ने बताउनु भयो।
  • उक्त कार्यक्रममा बोल्दै अनेरास्ववियु सुर्खेत का सह-संयोजक गणेश शाही ले एस सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थीका जुनसुकै समस्याको समाधान गर्न बिगत देखीआफू लागिरहेको र अझैपनि निरन्तर सेवामा रहेको जानकारी दिनुभयो ।