पलाँताका सम्पुर्ण वडामा कार्तिक २ र ३ गते बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै

नमराज न्यौपाने पलाँता ,कालीकोट
देशभर कार्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्यक्रम अन्तरगत पलाँता गाउँपालीकामा २ र ३ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिका लाई जुकाको औषधि अल्बन्डाजोल छ महीनादेखि दुई वर्ष्भित्रका बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिइने स्वास्थ्य संयोजक हिमाल संज्याल ले बताउनु भयको हो । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।

स्वास्थ्य शाखा पलाँता का सहसंयोजक बिनोद कुमार न्यौपाने का अनुसार भिटामिन ए कार्यक्रमका लागि पलाँता का ९ वटै वडाका बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो । स्वास्थ्य शाखा को पछिल्लो समय सो कार्यक्रम स्थानीय तहको सयोग गरिरहेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ भने सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो ।

विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख बताउनुभयो । उहाँले भन्नुभयो, भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ । बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने स्वास्थ्य संयोजक हीमाल संज्याल ले बताउनु भयको छ ।

यसैगरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ । यसैगरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने बताईएको छ । हाल पाँचवर्ष मुनिका बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् । पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको बताईएको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको स्वास्थ्य साखाले जनाएको छ ।