जापानिज भाषाको परीक्षा (J-cert )कर्णाली प्रदेशमा हुन्छ – डाइरेक्टर शाही

जापानिज भाषाको परीक्षा कर्णाली प्रदेशमा हुने पक्का भएको रोयल जापानिजका डाइरेक्टर मेघराज शाहीले बताउनु भएको छ ।( j-cert) Certificate of japanese as a foreign langauge )  बिगत लामोसमय देखि जापान चाइना,भेदनाम,लागायतका एसियन देशहरुमा भाषा परीक्षा चल्दै आएको र नेपालमा सन २०१६ मे २४ मा ल्याउदै गर्दा नेपालमा रोयल जापानिज भाषा र कल्चर सेन्टर ले नेपाल सरकार र जापान इनटरनेश्नल हुमन क्यापिटल डेप्लोमेन्ट अर्गनाइजेसन बाट अनुमति पाएको हो । नेपालमा जस्को सिइयो दिनेश कुमार शाही रहनु भएको छ ।

कर्णाली प्रदेशको राजधानि बिरेनद्रनगरमा जापानिज भाषाको अन्तरक्रिया कार्यक्रममा बौल्दै रोयल जापानिजका डाइरेक्टर मेघराज शाहीले बिद्यार्थिको समस्यालाई मध्यनजर गर्दै जापानिज भाषाको परीक्षा (J- cert ) कर्णाली प्रदेशमानै गर्न लागेको बताउनु भयो । आउदै गरेको जापानिज भाषाको परिक्षा (J-cert) मा नेपालबाट करिब १५ सय देखि २ हजार हाराहारीमा परीक्षार्थि सहभागि हुने बताउनु भयो ।

नेपालमा अरुपनि जापानिज भाषाका परिक्षाहरु लिइदै गरेको तर अरु टेष्ट भन्दा फरक रहेको शाहीले बताउनु भयो । जस्मा अरु देशभन्दा यस्मा जापानको संस्कृति जिबन सैलिमा प्रत्यक्ष पहुँच पुगेको हुदा नेपाली बिद्यार्थि हरु जापान जादै गर्दा यो भाषाको परिक्षा (J- cert)  पहिलो रोजाइमा राखेका छन ।