उपचारमा सहयोग जुट्ने क्रम जारी, युवा नेता बमले गरे ब्रेन ट्युमरबाट पीडित उर्मिला बिष्ट बोहोरालाई २५ हजार, ४ सय, ४० रुपैया आर्थिक सहयोग

जेठ ९, सुर्खेत ।
युवा संघका केन्द्रीय सदस्य युवा नेता वकिल बमले काठमाण्डौमा उपचाररत ब्रेन ट्युमरबाट पीडित उर्मिला बिष्ट बोहोरालाई २५ हजार, ४ सय, ४० रुपैया आर्थिक सहयोग गर्नुभएको छ । सेवा नै धर्म हो भन्ने उद्येश्यले ब्रेन ट्युमरबाट पीडित उर्मिलालाई थप उपचारका लागि सहयोग गरेको यूवा नेता बमले बताउनु भयो ।


उपचारका लागि कर्णाली सहिद स्मृति प्रतिष्ठान कालीकोटको अगुवाइमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बसोवास गर्ने कालीकोटे युवाहरुले बिरामि बचाउ अभियान सन्चालन गरेर राहत संकलन गरि जम्मा भएको रकम ४३ हजार, ३ सय, ५५ रुपैया मध्ये २४ हजार रकम काठमाडौमा उपचारत ब्रेन ट्युमर बाट पीडित उर्मिला बिष्ट बोहोराको बैंक खातामा जम्मा गरेको र सुर्खेतमा उपचार गरिरहेका गम्भिर घाइते घोप्ले दमाईलाई १९ हजार, ३ सय, ५५ रुपैया उपलब्ध गराइएको छ ।

यूवा नेता बमले हस्पीटलमै गएर रकम सहयोग गरेका छन् भने सुर्खेतमा रहेका दमाइलाई कर्णाली प्रदेशका मुख्य मन्त्रीका स्वकिय सचिव खेमबहादुर सिंह, नेकपाका नेता कृष्णप्रसाद आचार्य, प्रतिष्ठानका अध्यक्ष जगत चौलागाईं, नेकपाका नेता तथा साहित्यकार पुष्पराज आचार्य, नेकपाका नेता दिपक चौलागाईं लगायतकाले सो रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बिद्यार्थी नेता राजेन्द्र आचार्य, अनेरास्ववियुका नेता कमल भट्टराई, बिश्वबिद्यालयका शिक्षा शास्त्र संकायका उप प्रध्यापक कमल सिंह, पत्रकार कालीबहादुर मल्ल, प्रेमराज सिम्खाडा, समाजसेवि गगनबहादुर शाहि, प्रेमप्रकाश हमाल लगायतको सहभागिता रहेको थियो ।