भारत र बाग्लुङ बाट फर्केका ४४ जना महाबु गाउपालिका को क्वारेन्टाइन मा

दैलेख, महाबु गा.पा.

भारत को गुजरात बाट नेपाल फर्केका ४२ जना र बागलुङ बाट घर फर्केका २ जनालाई महाबु गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

नोवेल कोरोना भाईस (covid-19) ले विश्वलाई निकै त्रासमय बनाएको अवस्थामा विभिन्न देशहरूले लकडाउन गरिरहेका छन । विभिन्न देश लगायत भारतमा संक्रमणको सङ्ख्या र मृत्यु को सङ्ख्यामा उच्च चाप बढेपछि रोजगारमा गएका नेपाली जनतालाई भारत सरकारले दिनप्रतिदिन स्वदेश फिर्ता गर्ने कार्य गरिरहेको भारत बाट फर्केका   एक जना ब्यक्ती ले   जानकारी दिए । बागलुङ र भारत बाट फिर्ता भएर आउने महाबु गाउँपालिकाका वडा नम्बर  १देखि ५  नम्बर वडा सम्म का रहेका छन।

महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीका अनुसार भारत बाट गाउँपालिकामा ल्याएका ब्यक्तिहरुलाई १४ (दिन) क्वारेन्टाइनमा राखेर उनीहरुको (RDT) चेक गरि स्वास्थ्य अवस्थामा संक्रमण नदेखिए पछि होम क्वारेन्टाइनमा पठाउने अध्यक्ष शाहीले बताउनुभयो ।

उक्त गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दशौदिले क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने (RDT) र (PCR) चेक गरि स्वास्थ्य अवस्था सुधार भए घर पठाउने नभए म्याद थपी क्वारेन्टाइनमा राख्ने स्वास्थ्य प्रमुख दशौदिले जानकारी दिनुभयो ।