बिकृति बिसंगति अन्त्य गर्ने अभियानको नेतृत्व गर्दै उपाध्यक्ष- मनसोभा बुढा

कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको उपाध्यक्षमा कार्यरत हुनुहुन्छ मनसोभा बुढा । २०४२ साल माघ ५ गते साबिकको कुमालगाउँ गाविस ८, हाल नरहरीनाथ गाउँपालिका ३ मा स्व. वुवा अमरे बुढा र आमा गोरे बुढाको कोखबाट बुढाको जन्म भएको हो । २०६३ साल बैसाख ८ गते रामबहादुर बुढा सँग बैवाहिक सम्बन्धमा गाँसिएकि बुढाको १ छोरा छन् । २०४८ सालमा श्री रमा निमाबि कुमालगाउँमा औपचारीक शिक्षा हाँसील गर्न भर्ना भएकि बुढाले २०६६ सालमा एसएलसी उत्तिर्ण गर्नुभयो भने प्लस टु सम्मको अध्ययन गर्नुभएको छ ।

२०५७ सालमा प्रत्येक सामुदायिक विद्यालयहरुमा पुगी शैक्षिक क्षेत्रमा भएका विकृति,अनियमितता विरुद्ध विद्यार्थी हरुलाई संगठीत गर्दै सञ्चालित अभियानको नेतृत्व २०५८ सालमा अखिलक्रान्तिकारी भेरीकर्णाली क्षेत्रद्धारा जाजरकोटका विद्यालयहरुमा सञ्चालन गरेको सामाजिक विकृतिका विरुद्ध आयोजीत अभियानमा सहभागि, २०६० मा बाजुरा जिल्लाका बिभिन्न बस्तिहरुमा पुगी विपन्न वर्गको उत्थानका निम्ति र छाउपडीप्रथा विरुद्धको अभीयानमा संलग्न, २०६० साल फागुन २५ गते कालीकोट जिल्लाको रास्कोटमा जिल्ला भरीकै महिलाहरुको सक्रियता रहेको बृहत भेलामा पैतृक सम्पत्तिमा समान अधिकार घोषणा कार्यक्रममा सक्रिय सहभागिता, २०६१ सालमा नेकपा माओवादी सेती महाकाली क्षेत्रीय व्यूरोले सञ्चालन गरेको जनमार्चिङ अभियानमा डडेलधुरामा कालीकोटका महिलाहरुको टिम लिएर सामाजिक विकृति र महिला हक अधिकारका निम्ति जनचेतनामुलक अभियान सञ्चालन गरेको, विभिन्न समयमा कालीकोटका विभिन्न ठाउँमा पुगी अनेमसंघ क्रान्तिकारी कालीकोटको नेतृत्वमा महिला हिंसा अन्त्य, जाँड रक्सी नियन्त्रण, छाउपडी प्रथा विरुद्ध र महिला हिंसा अन्त्यका निम्ति जिल्ला प्रशासन कार्यालयमा विभिन्न समयमा ज्ञापन पत्र पेश तथा सरोकारवाला निकायहरुलाई सजग बनाउने भूमिकाको नेतृत्व गरेकि उपाध्यक्ष बुढाले गाउँ पालिकाको नेतृत्वमा पुगेपनि यो यात्रालाई निरन्तरता दिइरहनु भएको छ ।

नरहरीनाथ गाउँपालिकाको वडा नं. ७ मा साना जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी करीब ८ सय घरधुरीलाई वितरण गरिएको, कर्णालीकै पहिलो, देशकै सातौं आधारभुत तथा अनिवार्य शिक्षा सुनिश्चितता घोषणा, गुणस्तरीय शिक्षामा विशेष जोड दिई सुधार हुने क्रम जारी, सहज स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको विस्वास गर्ने बुढाका आगामी योजनाहरु पनि महत्वपूर्ण नै छन् ।नरहरीनाथ गाउँपालिकाका ९ ओटै वडामा सडक सञ्जाल विस्तार गर्ने, प्रत्येक वडाहरुमा ईन्टरनेट सेवा उपलब्ध गराउने, न्यायिक क्षेत्रका सम्पूर्ण कामहरु स्थानीय तहमै न्यायिक समिति मार्फत सेवा प्रवाह गर्ने, महिला हिंसा, छुवाछुत अन्त्य, जाँड रक्सि नियन्त्रयण विरुद्ध अभियान चलाई कार्यान्वयन गराउने अबको रणनीति बनाएकि उपाध्यक्ष बुढा कसरी नमूना गाउँ पालिका बनाउने चिन्ता र चासोमा छन् ।

स्थानीय तहमा कर्मचारीहरुको अभावका कारण कामहरु छिटो छरीतो र पारदर्शी हुन नसकेकाले समयमै कर्मचारीहरुको पदपूर्ती गराई नागरिकका काम छिटो, छरितो र भरपर्दो रुपमा सेवा पुयाउने, न्यायिक समितिका काम कारवाहीलाई सहज बनाउन वकिलहरुको व्यवस्था गरि काम सुचारु गरि नागरिकहरुलाई सहज सेवा दिलाउनेमा तल्लिन छन् उपाध्यक्ष बुढा । द्वन्द्व कालमा जाजरकोटको एक जंगलमा नेपाल प्रहरीले लखेट्दा ज्यान बचाउनका निम्ति पानीको छहराभित्र चिसोमा रात विताउनु पर्दाको क्षण नै जीवनको अबिष्मरणिय क्षण बनेको बताउने उपाध्यक्ष बुढा राजनीतिमै क्रियाशिल रहेर समाज सेवामा निरन्तरता दिने सोच राख्नु भएको छ । समाचार सुन्ने÷पत्रपत्रिका पढ्नेमा रुचि राख्नु हुन्छ भने जीवनमा मेरो यो लत भयो, यसबाट टाढा हुनु पर्छ भन्ने बुढालाई कुनै पछुत्तो छैन भने उहाँले आज सम्म रक्तदान पनि गर्नुभएको छैन ।

राजनितिक यात्रा 
२०५४ सालमा नेकपा माओवादी निकट बाल संगठनमा आवद्ध,
२०५६ सालमा अखिल क्रान्तिकारीको ईकाई कमिटि सचिव,
२०५७ सालमा तत्कालिन नेकपा माओवादीको पूर्णकालिन सदस्य
२०५८ सालमा अनेरास्ववियू क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष,
२०५९ सालमा अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सचिव,
२०६० सालमा अनेरास्ववियू क्रान्तिकारीको उपाध्यक्ष, सेती महाकाली छात्रा विभाग प्रमुख ;अनेरास्ववियू क्रान्तिकारी क्षेत्रीय समन्वय
२०६० सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला कमिटि सदस्य,
२०६१ साल साउनमा अनेमसंघ क्रान्तिकारी कालीकोट जिल्ला अध्यक्ष,
२०६२ सालमा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सदस्य (२०७१ सम्म),
२०७१ सालमा नेकपा माओवादी भेरी कर्णाली राज्य समिति सदस्य
२०७४ सालमा एकिकृत नेकपा माओवादीको केन्द्रिय आयोजक समिति सदस्य,
२०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट कालीकोट जिल्लाको          नरहरीनाथ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित ।

सफलताको बाटो