काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा ‘बे्रक’ लाग्दा शीर्ष नेता छटपटीमा परेका छन् । १५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतमलगायतको सहभागितामा ललितपुर खुमलटारमा बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने आन्तरिक सहमति ग-यो । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसमा ‘ब्रेक’ लगाएपछि उनीहरू छटपटीमा परेका हुन् ।
यसअघि, भैंसेपाटीस्थित गौतम निवासमा बसेको शीर्ष नेता सम्मिलित बैठकले यस विषयलाई अघि बढाउने सहमति गरेको थियो । खुमलटारमा बैठक बसेलगत्तै नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय ग-यो । त्यसपछि प्रधानमन्त्री ओली ‘आफूविरुद्ध षड्यन्त्र सुरु भएको’ विश्लेषण गर्दै सचिवालय निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगे । खुमलटारमा सहमति गरेर सचिवालय बैठकबाट उनलाई अल्पमतमा पारेर निर्णय गरिएको भन्दै ‘गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने योजना’ पर धकेलिएको छ ।
सचिवालय निर्णयलगत्तै ओलीले नेता नेपाललाई फोन गरेर बालुवाटारमा छलफल गरे । उनले केही व्यापारीको स्वार्थमा अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाएर गौतमलाई ल्याउन नसकिने संकेत गरिसकेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक व्यवस्थाअनुसार खतिवडालाई ६ महिनाका लागि गत २१ फागुनमा पुनः नियुक्त गरेपछि गौतमको राष्ट्रियसभा प्रवेश अनिश्चित बनेको छ ।
प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि आराम गर्दै छन् । नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेको’ बताउँदै ‘पार्टी निर्णय लागू हुने’ उल्लेख गरे ।
नेताहरूले भने प्रधानमन्त्री ओली आराममा रहेको र उनको चाहनाविरुद्ध ‘गौतमलाई राष्ट्रियसभा सदस्य बन्ने समय लाग्न सक्ने’ बताएका छन् । नेताका चाहना र अडानका कारण कुनै एक सदस्यलाई राजीनामा गराएर गौतम र खतिवडालाई लैजान सकिने आ“कलनसमेत नेकपा वृत्तमा चल्ने गरेको छ ।
ओली बालुवाटार फर्किएस“गै गौतमलाई मनोनीतका लागि दाहाल–नेपाल समूहले दबाब दिने संकेत देखिएको छ । यद्यपि, ओली समूह भने सम्भावित विकल्प खोज्ने प्रयासमा रहेको जनाइएको छ । दाहाल–नेपाल समूहलाई दबाब दिने उद्देश्यले अर्थमन्त्रीमा पुनः खतिवडालाई नियुक्त गरिसकिएको छ । तीनपटक उपप्रधानसहित गृहमन्त्री भइसकेका गौतमलाई ओलीले सुरुमा ‘राष्ट्रियसभा सदस्य बन्न प्रस्ताव गर्दा’ मानेका थिएनन् । तर, अहिले दाहाल–नेपाल समूहको खुमलटार बैठकपछि सदस्य बन्न तयार भएपछि ओली सशंकित भएका हुन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएपछि ६ महिनासम्म चुपचाप बसेका गौतम त्यसयता भने संसद्मा छिर्न खोजिरहेका छन् । निर्वाचित सांसदलाई राजीनामा गराएर उपनिर्वाचनमार्फत सांसद बन्न खोजे पनि पार्टी र जनस्तरबाटै तीव्र विरोध भएपछि उनको सांसद बन्ने चाहना पर धकेलि“दै आएको छ ।
आफूसगैका नेता प्रधानमन्त्री भइसकेको र एकपटक प्रधानमन्त्री बन्ने तीव्र चाहना गौतममा रहेको स्रोत बताउ“छ । पटक–पटक गृहमन्त्री भइसकेपछि पार्टी समीकरण परिवर्तन भए ‘प्रधानमन्त्री बन्न पाउने’ गौतमको भित्री चाहना बेलाबेला उनी स्वयंले पनि सार्वजनिक गर्दै आएका छन् ।
स्रोतका अनुसार लोकेन्द्रबहादुर चन्द (२०५३), प्रचण्ड (२०६५) र सुशील कोइराला (२०७०) नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री भएका गौतमको अबको चाहना प्रधानमन्त्री नै हो । २००६ असारमा प्यूठानमा जन्मिएका गौतम उपप्रधानसहित तीनपटक गृहमन्त्री भए । हाल, नेकपा सचिवालय सदस्य हु“दै विधानमा व्यवस्था नै नभएको उपाध्यक्षसमेत भए । पार्टी विधान उनकै लागि मात्रै संशोधन गरेर उपाध्यक्ष व्यवस्था गरिएको हो ।
दाहाल–नेपाल समूहकै दबाबमा गौतमले यसअघि नै नेकपा संगठन विभागजस्तो महŒवपूर्ण जिम्मेवारी हात पारिसकेका छन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था रहेकाले उनैलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनका लागि नेकपाले यसअघि नै वरिष्ठ नेता नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरिसकेको छ । गौतमले पनि संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने व्यवस्था भए आफू सदस्य बन्ने बताउँदै आएका छन् ।
गौतम नेकपामा वरीयताभित्र पाँचौं स्थानमा पर्छन् । उनी आफैस“ग पार्टीभित्र केन्द्रीय सदस्य बढीमा १४ र सांसद बढीमा ८ जना छन् । तर, दाहाल–नेपाल समूहको बलमा उनले पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी हात पार्दै आएका छन् ।
यद्यपि, ओलीले समेत यसअघि गौतमलाई आफ्नो समूहमा राख्न चाहिनेभन्दा बढी लचकता देखाएका छन् । तर, गौतम प्रधानमन्त्री ओलीलाई छोडेर पछिल्लो समय दाहाल–नेपाल समूहस“ग बढी नजिकिएका छन् ।
स्मार्ट कर्णाली । २७ फाल्गुन २०७६, मंगलवार १६:२७ बजे