गीता वली,सुर्खेत
भदौ .३० कर्णाली प्रदेशको राजधानिमा रहेको चिङ्गगाड गाउँपालिकाको वडा नं.६ पाम्काका स्थानिय बासिँदाहरु बादंर आतंकले गाउँछोड्न थालेका छन । कृषकले लगाएको मकैबालि बाँदरले खाएपछि स्थानिय बासिहरुमा भोकमरीको समस्या आउने भएपछि स्थानिय चिन्तामा रहेको स्थानिय बासि कृष्ण बहादुर वलीले बताउनु भएको छ
। कृषकले लगाएको मकै बालि बादंरले सखाप पारेपछि त्यहाँका स्थानिय बासि घर छोड्न बाध्य भएकाछन । यो समस्या समाधानकालागी स्थानिय सरकारले पनि केहि चासो नदिए पछि कृषकमा निरासा छाएको अर्का स्थानिय बासि यम बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार खानेबेला भएको मकै बालि सबै बादंरले नष्ट गरेपछि गाउँछोड्नु को बिकल्प नरहेको बताउनु भयो ।
स्मार्ट कर्णाली । ३० भाद्र २०७६, सोमबार ०७:५६ बजे