महाबु २ दैलेख को क्वारेन्टाइन ,क्वारेन्टाइन भित्रै दुरि कायम छैन

अहिले भारत बाट फर्कने नेपाली को लर्को लागेको छ।भारत ले रेलसेवा सुरु गरे पछि दिनहु नेपाल भित्रनेको संख्या बड्दो क्रम मा छ। नेपाल प्रवेश गरे पछि स्थानिय सरकार ले लियर आफ्नै गाउ/नगर पालिका मा क्वारेन्टाइन मा राखेका छन। महाबु गाउपालिका २ दैलेख मा रहेको जगदीश माध्यमिक बिधालय लाइ पनि क्वारेन्टाइन को रुप मा प्रयोग गरियको छ। उक्त क्वारेन्टाइन मा महाबु २ मा घर भयका र भारत बाट हालै फर्कियकाहरु लाइ २१ दिन को लागी क्वारेन्टाइन मा राखियको छ। उक्त क्वारेन्टाइन मा हाल सम्म २५महिला र १२२पुरुष गरि १४७ जना रहेका छन भने अझै केहि आउने क्रम मै छन।

क्वारेन्टाइन मा खाना पानी को ब्यबस्था राम्रो भयको तर शौचालय को भने उचित ब्यबस्था नभयको र तुरुन्तै शौचालय को राम्रो ब्यबस्थापन गरिदिनु पर्ने क्वारेन्टाइन मा बसेका हरु बताउछन। क्वारेन्टाइन मा रहेका हरु एक अर्का देखी दुरि नबनाइ दिनभर हुल गरेर बस्ने र साझ मा एउटै कोठामा २० जना सम्म लस्कर लागेर सुत्ने गरेका छन।

दुइ जना प्रहरी र चार जना स्वयंसेवक रहेको उक्त क्वारेन्टाइन क्षेत्र बाट गत शुक्रबार दुइ जना युुुवा  मध्य-राती भागेका थिय भने शनिबार उनिहरु कि श्रीमती सहित चार जना लाइ  क्वारेन्टाइन मा राख्न को लागी   महाबु ४ गैडावाज मा लगियको थियो।  क्वारेन्टाइन मा रहेका सबै को सोमबार थर्मल गन द्वारा सामान्य स्वास्थ परिक्षण हुने महाबु गाउपालिका २ का अहेव तिर्थ रावत ले बताउनु भयको छ।