कोरोना भाइरस संक्रमण हुन नदिन राष्कोट नगरपालिकाको तिर्ब तयारी सम्पुर्ण नागरिकलाई सुरक्षित र सचेत रहन नगर प्रमुख -बरालको आग्रह ।।

अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा धेरै मानिसहरु डराउन थालेका छन् । तर कोरोना भाइरससँग डराउनुभन्दा पनि सतर्कता अपाउनु आवश्यक हुन्छ । कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न कदम चालेको छ । यस्तो बेला सरकारले गरेको निर्णयहरु पालना गर्दै प्रत्यक्ष व्यक्तिले आफू सुरक्षित हुन आवश्यक सावधानीहरु अपनाउनुपर्छ । यसै सन्दर्भमा

राष्कोट नगरपालिकाको शान्तीघाटमा रहको मुल प्रबेसद्धवारमा हेल्थढेक्सस्थापना ,नगर वडा स्तरिय बिपद ब्वस्थापन समितिको बैठेक बसेर सम्बन्धित निकायहरुलाई चुस्त र प्रभाकारी परिचालन ,नगर रप्रत्यक वडामा क्यारेन्टाइन स्थलको निश्चित गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

यसका अलवा ३ दिन भित्र नगरका प्रत्यक घरदुरीमा पुग्ने गरि स्वास्थ्यकर्मिको टोली सहित हात धुने साबुन र सचेतना पर्चा उपलब्ध गराउने पुर्ब तयारीकोको सम्पुर्ण काम भएको बरालले बताउनु भएको छ । सम्पुर्ण राष्कोट नगरपालिकाका सरोकारवाल र आम नागरिकले आफ्नो ठाउबाट सहयोग गरेर सबै सुरक्षित र सचेत रहन आग्रह सम्मेत ग्रनु भएको छ ।

नगरपालिकाले कोरोना भाइरस संक्रमण हुन नदिन प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरिरहेको छ । हेल्थडेस्कमा दैनिक ५० भन्दा बढिको स्वास्थ्य चेकजाँच भइरहेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा सह इन्चार्ज हंशराज वरालले जानकारी दिनु भएको छ । ‘नगरपालिका प्रवेश गर्ने जो कोहिलाई अनिवार्य स्वास्थ्य जाँच गरिहेका छौँ । उनका अनुसार कार्यालय प्रवेश गर्ने सेवाग्रहीलाई पनि गेटमै रोकेर स्वास्थ्यकर्मीले साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न सिकाइरहेका छौ । बिहिवार देखि हेल्थ डेक्स चलाएको रास्कोट नगरपालिकाले बिहीवारदेखि परीक्षणसमेत सुरु गरेको बताउनु भयो ।।