‘हुम्लाका अग्नी पिडितलाई तीन महिना पुग्ने खाद्यन्न दिन्छौं’- कानून मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले हुम्लाका अग्नी पिडितलाई प्रदेश सरकारकातर्फबाट तीन महिना पुग्ने खाद्यन्न उपलब्ध गराउने बताएका छन् ।

“आगोले घरबार बिहिन भएका रोडिकोटका नागरिकलाई तत्काल राहत उद्धारको खाँचो छ,“ कानून मन्त्री भण्डारीले भने, “उहाँहरुको वस्ती व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वय गरेर के गर्न सकिन्छ सल्लाह गरिन्छ भने तत्कालको हातमुख जोर्ने कामका लागि प्रदेश सरकारकातर्फबाट कम्तीमा तीन महिना पुग्ने खाद्यन्न सहायोग गर्छौ ।“

राती अवेर आगलागी भएकाले चाहना भएरपनि केही गर्न नसकिएकोमा आफूलाई दुःख लागेको बताएका मन्त्री भण्डारीले आगलागीको अवस्थाका बुझेर के गर्न सकिन्छ भन्ने बारेमा सरकारले थप योजना बनाउने जानकारी दिए ।

आगीलागीबाट नस्ट भएका घरहरुको निर्माण र पिडितहरुको पुनःस्थापनाको लागि पुर्णरुपमा क्षती भएका घरमा एक लाख दिने प्रदेश सरकारको निर्णयअनुसार उक्त रकम प्रदान गर्ने र त्यसले पनि अपुग भए सरकारले आवश्यक निर्णय गर्ने बताए ।

बुधबार साँझ लागेको आगालागीमा परेर ६ घर पुर्णरुपमा नस्ट भएका छन् भने बाँकी एक दर्जन घरमा क्षती भएको छ ।  साँझ ६ बजे लागेको आगो स्थानीयवासी सर्केघाड प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले आज बिहन २ बजे नियन्त्रणमा ल्याएको थियो ।