विपद् व्यवस्थापन कोषमा सांसद ठम्मर विष्टद्वारा एक महिनाको तलव

कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा प्रदेश सांसद ठम्मर विष्टले एक महिनाको तलब बराबरको तलव रकम जम्मा गर्ने भएका छन् । नेकपाका प्रभावशाली सांसद विष्टले प्रदेश विपद् व्यवस्थापन कोषमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा एक महिना बराबरको तलव कोषमा जम्मा गर्ने जानकारी दिए । उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले एक हप्ताको लागि देशभर लक डाउन गर्ने निर्णयलाई सकारात्मक रुपमा लिएको जनाए ।

‘सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सम्पूर्ण प्रदेशका दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गर्दछु,’ उनले भने, ‘लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि प्रदेश सकारसँग आग्रह गरेको छु । यस विषम परिस्थितिमा सम्पूर्ण प्रदेशबासी एक जुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न हार्दिक अपिल समेत गर्दछु ।’ उनले विश्व महामारीबाट गुज्रिरहेको अवस्थामा प्रदेश सरकारले स्थापना गरेको कोषमा केही सानो भएपनि आर्थिक आर्थिक सहयोग गरेको बताए ।