विरोध मात्रै गर्ने युवा संस्कार अब सेवामा रुपान्तरण गरौ : मुख्यमन्त्री शाही

काठमाण्डौं । माहामारीकोरुपमा फैलिएको कोभिड १९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भुमिका विषयक युवा गैर सरकारी संस्था महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा आज आयोजित भर्चुवल छलफल कार्यक्रममा प्रमुख वक्ता कर्णालीका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले युवाहरुलाई सकारात्मक सोचका साथ सुरक्षित हुदै समुदायमा परिचालन गर्न आवश्यक भएको बताउनु भएकोछ ।

उहाले राजनैतिक नेता तथा कायकर्ता, कर्मचारी, व्यापारी जो बढी जन सम्पर्कमा रहन्छन् उनीहरुवाट रोग फैलिने खतरा बढी रहेको भन्दै, कोरनाबाट बच्ने मुख्य उपाय भनेको दुरी कायम गरी बस्ने नै हो, कुनै पनि बेला हुने मेला, महोत्सव, भेला तथा राजनीतिक भेला, बैठक र भीडभाड हुने गतिविधि रोक्न निर्देशन जिल्ला विपद् व्यवस्थापन केन्द्र (डिसिएमसी) दिई सकेको छु तर ढुक्क बस्ने अवस्था छैन ।

कर्णाली प्रदेशमा भारतवाट आएका ५३ हजार बढी संक्रमितहरुको पिसीआर टेष्ट गरी सकिएको अवस्थामा संक्रमितहरुवाट अरुलाई जोगाउन सचेतना आवश्यक रहेकोले युवाहरुलाई उचित ढंगले परिचालन गरिने बताउनु भयो । युवाहरु भनेको विरोध गर्ने, नकरात्मक कुरालाई फैलाउने माध्याम नभई समाजरुपान्तरणको संवाहक समेत रहेकोले कर्णाली प्रदेश सरकारले युवालाई उच्च प्राथमिकतामा राखेको समेत सो कार्यक्रममा जानकारी दिनु भयो ।

साच्चै युवाहरु गफ हैन श्रम प्रति विश्वास गरौ, अरुले के गरे हैन आफुले राम्रो के गरे भनेर समिक्षा गरौ । विरोधी मानसिकता मात्रै बोकेको नेपाली युवा संस्कार अब अन्त्य नगरे सम्म समृद्धि सम्भव छैन, विरोध मात्रै गर्ने युवा संस्कार बदलेर सेवामा लागौ प्रदेश सरकार युवासंग सहकार्य गर्न तयार छ । मुख्यमन्त्री शाहीले भन्नु भयो ।

यसैगरी उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रदेश सरकारले युवाको क्षेत्रमा पर्याप्त बजेट छुट्याए पनि खर्चिन नसकेकोले अब त्यसो हुन नदिन समन्वयमा काम गर्न आवश्यक रहेको बताउदै प्रादेशिक हिसावले गठन हुने युवा परिषद्मा स्थानीय र संघिय युवा संरचनालाई समेट्ने गरी ऐन आउनु पर्नेमा प्रदेश ३ ले त्यसो नगरेकोले अब अन्य प्रदेशले ध्यान दिन पर्ने बताउनु भयो । कोभिडमा युवाको भुमिका महत्वपुर्ण रहे पनि त्यसलाई कसरी परिचालन गर्ने भन्नेमा स्पष्ट कुरा आई नसकेकोले यो थप छलफल गर्नै पर्ने भएको भए पनि यद्यपी कर्नाली प्रदेश सरकारसंग मिलेर अगाडी बढ्न परिषद् तयार रहेको बताउनु भयो ।

इटहरी उपमहानरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले कोरना माहामारी नियन्त्रणमा युवाहरुलाई स्वंसेवककारुपमा परिचालन गरेकोकारण धेरै हद सम्म नियन्त्रमा आएको बताउनु भयो ।

कार्यक्रममा विभिन्न देशका युवाहरुले आफ्ना अनुभव सहित मुख्यमन्त्रीलाई प्रश्न समेत राखेका थिए । कोभिड महामारी र रोकथामको विषयमा युवा परिचालकोलागि सबै प्रदेशमा यो अन्र्तक्रिया संचालन गरीने युवा गैसस महासंघ केन्द्रिीय अध्यक्ष नारायण गिरीले जानकारी दिनु भयो ।abhibharaonline.com